शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

  • शनिबार, बैशाख ४, २०७८
सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढी– सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका -१० का ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो।

शुक्रबार नै कोरोना संक्रमण देखिएको उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखिएको थियो।

चर्चामा

सम्बन्धित समाचार