बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा सिँचाइ नहरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कैलालीमा सिँचाइ नहरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

  • शुक्रबार, बैशाख ३, २०७८
कैलालीमा सिँचाइ नहरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

धनगढी– कैलालीको पथरैया सिँचाइ आयोजना नहरमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ।

लम्की चुहा नगरपालिका -९ बंगालीपुर बस्ने १९ वर्षीय नरेश सुनारको पौडी खेल्ने क्रममा विहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमको लागि टीकापुर अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार