शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता- आमाबाको आशिर्वाद

कविता- आमाबाको आशिर्वाद

  • बिहिबार, बैशाख २, २०७८
कविता- आमाबाको आशिर्वाद

पूर्णिमाको रातमा झुल्किएको
चन्द्रमा झैँ आमाको मुहार
बिहानीको झुल्किदो घाम झैँ
न्यानो दिने सुर्यको प्रतिविम्ब
पुजनिय मेरा बा !
यो पुलकित मन
हर्ष विभोर जीवन
गर्वले प्रफुल्ल भएको छ
हजुरहरूको पाउलाई छुन पाउँदा
हजुरहरूको आशिर्वादले
मलाई थप प्रगतिमा लम्किन सघाइरहको छ ।

आमा !
म कसरी व्यक्त गरुँ
बाबा !
म कसरी ओकालत गरुँ
हृदयको कुनामा तरंगीत
आशाका सयौं ज्वारभाटाले
मेरो मुटुलाई नै हलचल गरि
अझैं केही कदम चाल्न हौस्याइ रहेको छ
मेरो मन र मष्तिस्कको वृहत मन्थन पश्चात्
एउटा अनौठो उद्देश्यको जन्म भएको छ
जो नौनी भन्दा नरम छ
निश्चल र पवित्र छ
तर,
त्यो उद्देश्य जस्तोसुकै उच्चतम
डीग्रीको तापक्रमले पनि
सहजै पग्लिने खालको छैन
बरु मेरो उद्देश्य पग्लिनुको सट्टा
झन-झन चम्किएर रोशन प्रदान गर्ने छ ।

आमा र बाको कोमल त्यो
मुटु भरी अटेसमटेस खाँदिएर रहेका
हजारौं सपनाहरूलाई
पूरा गर्नु छ मैले
ती हातका नंग्रा खियाएर
उर्वर माटो खोस्रेर अन्न फलाई
त्यसैलाई रुपियाँमा साँटेर
मलाई पढाएको अझैं विर्सेको छैन
बुढेसकालले छोएर खुम्चिएका ती मुहारमा
झिनो मुस्कानको रेश्मी सधैं छर्न सकुँ
अनि पो मैले पढेको
केही सिकेको सार्थक रहला ।

समाज सेवामा सधैं तल्लीन रहीरहुँ
साराको मुहारमा खुशी छर्न सकुँ
मेरा हातहरू सधैं सहयोग कै निम्ति चलुन
कर्मठ पाइला जोसुकैमा समर्पित भइ बढुन
जस कारण,
मेरा आमा र बाको शिर अझैं उच्च बनोस्
र उदारणिय आमा बा !

 

चर्चामा

सम्बन्धित समाचार