शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • भीम रावलले निकालेको नेकपाको ३० लाख दिनेशचन्द्र सुवेदीको खातामा

भीम रावलले निकालेको नेकपाको ३० लाख दिनेशचन्द्र सुवेदीको खातामा

  • मङ्लबार, चैत्र ३१, २०७७
भीम रावलले निकालेको नेकपाको ३० लाख दिनेशचन्द्र सुवेदीको खातामा

धनगढी– तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खाताबाट भीम रावलले निकालेको ३० लाख रुपैयाँ दिनेशचन्द्र सुवेदीको व्यक्तिगत खातामा रहेको खुलेको छ।

पार्टीमा विवाद उत्पन्न भएपछि सुदूरपश्चिम इन्चार्ज रहेका रावलले पुस १३ गते पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गरेको खुलेको हो।

नेकपाको नाममा कृषि विकास बैंक धनगढी शाखामा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट उक्त रकम सुवेदीको नाममा सोही बैंकमा रहेको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरेको बैंकले जनाएको छ। सुवेदी पार्टी कार्यालय सचिव थिए। बैंकले उक्त रकम प्रक्रिया पुर्याएर सुवेदीको खातामा रकमान्तर गरेको पुष्टि गरेको छ।

प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले संस्थागत निर्णय नगरी सुवेदीले पार्टीको पैसा चोरेर व्यक्तिगत खातामा जम्मा गरेको आरोप लगाए। उनले भने, ‘भीम रावलको ठाडो निर्देशनमा दिनेशले पार्टीको खाताबाट पैसा चोरेका हुन्।’

नेता रावलले पैसा निकालेको स्वीकार गर्दै धनगढीमा आयोजित एक कार्यक्रममा भनेका थिए , ‘हाम्रो प्रदेश समिति सचिव र कार्यालय सचिवले पार्टीको काम विशेषले र हाम्रो आवश्यकताले रकम अर्को ठाउँमा पठाएका छौं, केही रकम हाम्रो काममा खर्च भयो।’ नेता रावलमाथि एमाले र माओवादी केन्द्र ब्युँतिनुअघि नै सुदूरपश्चिम कमिटीको बैंक खातामा रहेको ३० लाख रुपैयाँ झिकेर हिनामिना गरेको आरोप लागेको थियो। साभार सुदुरपत्र

चर्चामा

सम्बन्धित समाचार