शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

  • सोमवार, चैत्र ३०, २०७७
जुकालाई टोकाएर यसरी निको पारिन्छ रोग

काठमाडौँ — ओसिलो ठाउँमा पाइने जुकाको चुसाइले पनि विभिन्न रोग निको हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट विभिन्न जटिल रोगको उपचार हुने गरेको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादव आयुर्वेदमा ।।।जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म १५० भन्दा बढीको सफल उपचार भइसकेको बताए ।

उनले भने, “जुकाले चुस्ने क्रममा निस्किने स्रावमा हिरुडिन नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ ।” छालासम्बन्धी रोग, युरिक एसिड, टाउकाको रौँ झरेका, अनुहारमा डन्डीफोर आएका, पुराना दाद, पायल्सलगायत रोगका बिरामीको उपचार भइसकेको जानकारी दिए ।

बिरामीको रगतको मात्रा हेरेर मात्र लिच थेरापी गर्ने गरिएको बताउँदै उनले भने, “एक व्यक्तिमा प्रयोग गरिएको जुका अन्य व्यक्तिमा प्रयोग गर्न मिल्दैन । नियमित रूपमा थेरापी गराउनुपर्ने व्यक्तिमा प्रयोग गरिएको जुकालाई पुनः उसकै लागि प्रयोग गर्ने गरी संरक्षित गरेर राख्नुपछ ।”एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुसाउने गरिन्छ । बिरामीको अवस्था हेरी दुईभन्दा बढी जुकाको प्रयोग गर्न सकिने डा. यादवले जानकारी दिए ।

डा. यादवले लिच थेरापी विधि नेपालमा भन्दा पनि विदेशी मुलुकमा अझ बढी प्रयोग हुँदै आएको बताउँँदै यो पद्धतिबाट निको भएकामा रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी भएको दाबी गरे ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार