बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचित्र संसार
  • लकडाउन तोडेको भन्दै ३०० पटक उठबस, घर पुग्ने बित्तिकै मृत्यु

लकडाउन तोडेको भन्दै ३०० पटक उठबस, घर पुग्ने बित्तिकै मृत्यु

  • सोमवार, चैत्र ३०, २०७७
लकडाउन तोडेको भन्दै ३०० पटक उठबस, घर पुग्ने बित्तिकै मृत्यु

फिलिपिन्समा एकजना व्यक्ति कोरोना भाइरस महामारीका कारण सरकारी लागू गरेको लकडाउन कर्फ्युको नियम तोडेको अभियोगमा पक्राउ परे । नियम तोड्ने ती व्यक्तिलाई सजायँको रुपमा ३०० पटक उठबस गर्न लगाइयो । लगातार उठबस गर्नुपर्दा ती व्यक्तिको स्वास्थ्य अवस्था यति खराब बन्यो कि उनको मृत्यु नै भयो ।

डेरेन नामका ती २८ वर्षीय युवकको मृत्युको घटनाले फिलिपिन्स प्रहरीमाथि दबाब सिर्जना भएको छ। समाचार अनुसार ती व्यक्ति पानी किन्नका लागि घरबाट निस्किएका थिए । तर लकडाउनको कर्फ्यु उल्लंघन गरेको भन्दै उनलाई बाटोमै एक स्थानीय समूहले पक्राउ गर्यो र प्रहरी चौकी लग्यो ।

प्रहरी चौकीमा डेरेनलाई सजायस्वरुप सयौँ पटक उठबस गर्न लगाइयो । सजाय भुक्तान गरी लखतरान परेर डेरेन बल्लतल्ल घर पुगे । घर पुग्ने बिक्तिकै उनले आफ्नी पत्नीलाई आफ्नो जीउ निकै दुखेको बताए र रिंगटा लागेको भनेर ओछ्यानमा पल्टिए । त्यसपछि उनी उठ्न सकेनन् । पत्नीले किन यस्तो भयो ? भनेर सोध्दा उनले पुलिस चौकीमा आफुलाई ३ सय पटक उठबस गर्न लगाइयो बताए ।

सुरुमा १ सय पटक उठबस गर्नुपर्ने भनिए पनि ३०० पटक गराइएको उनको भनाइ थियो । डेरेनकी पत्नीका अनुसार उनलाई मुटुको रोग थियो र निकै समस्या थिए । डेरेनको परिवारले प्रहरीको अत्याचारका कारण मृत्यु भएको भन्दै घटनाको अनुसन्धान गर्न माग गरेको छ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार