आइतवार, बैशाख २६, २०७८

अवसरबादको नाटक!

  • शनिबार, चैत्र २८, २०७७
अवसरबादको नाटक!

सुरेशकुमार पान्डे।
अहिले शोशल मिडियामा देशमा क्रान्ति सफल नभयको र अब फेरी क्रान्ति गर्ने उदघोष गरेकाछन प्रचण्डले।अहिले देशमा बनेको सम्बिधान समेत अधुरो भयको जस्लाई खारेज गर्नु पर्ने कुरा पनि कयौँ नेताहरु बाट हुँदै आएकोछ।देश भित्र वास्तबमा भन्नु पर्दा ओलिले संसद लाई बिघटन गरेपछि यँहाको अबस्था अत्यान्तै तर बन्दै गयकोछ।यसको लागि ओली प्रमुख दोशि त छँदै छन।
प्रचण्डपनि यस बारेमा कमोबेशी दोशि अबस्य पनिछन।
प्रच्डको पहिलो बिषय क्रान्ति अधुरो भयको भन्ने बारे पुष्पकमल दहालले आफै भनेको कत्ति स्वाउँदैन।किन भने उनैले मूलधारमा आउँने बेला बहुदलिय ब्यबस्था उन्को जिवन भरीको खारिएको र माझिएको निष्कर्श हो।”भन्दै आलो पालो बहुदलीय जनवादमा उनि र बाबुराम भट्टराई प्रधान मन्त्रि पनि भए।अहिले जब उन्को सरकार न आउँने देखे छेपारोले रंग बदलिएको जस्तै रंग बद्लिन थाले।
वास्तबमा भन्ने हो भने वली सरकारलाई अप्दश गरेर आफ्नो सरकार बनाउँन उन्ले ठुलो शड्यन्त्र रचेका थिए।तर बन्दुक उल्टा पड्कियो।संसदलाई पुर्न स्थापना गराउँन उन्ले भारतलाई समेत ग्वारे,बाबुरामले राजा समेतलाई ग्वारे अनि उपाए नलाएपछि गोहीका आँशु झार्दै जनतमा भन्छन”अब जनताको लागि क्रान्ति कुन सिरा बाट गर्ने?लाज सकिए पछि खाश कुरा आउँछ।”एक पल्ट नाङ्गो नहुँदा सम्म मात्रै लाज लाग्छ जब लुगा छोडाएर एक पल्ट हिँड्यो बजारमा आर्को पल्ट के लाज?अब त जति सुकै नाङ्गै हिँडेपनि भयो।हिँजो २०५२साल बाट कथित जनयुद्ध दश बर्ष सम्म लडेका प्रचण्डले १७हजार बेकसुर देशभक्त क्रान्तिकारीहरुको ज्यान लिए।त्यो के थियो?क्रान्तिकारी आन्दोलन थियो त?उनिहरुले आफ्नो सत्ता स्वार्थका लागि शहिदको खेती गरे।सहिदको रगत नसुक्दै उनिहरुले आफ्नो सरकार बनाए,अनि त्यो सरकारले अहिले सम्म सहिदको वास्तबिक शहिदहरुको तथ्याङ्ग सार्वजनिक गर्न सकेको छैन।उनिहरुले सरकारी खजाना सक्या सम्म लुटे त्सको हिसाब किताब छैन आखिर बैङ्कमा लुटेको पनि त जनताको सम्पति थियो।
उल्टै न्यायको लागि अनसन गरेका अनसनकै दद्वौरान प्राण त्यागे तर न्याय पाएनन्।
अहिले देश भित्रको अबस्था देखेर उनको हात प्रधान मन्त्रीको कुर्चि न आउँने देखेपछि उन्लाई क्रान्ती याद आयो संबिधान जनपक्षिय नभयको देखियो।यिनिहरु जब सरकारमा हुँन्छन मनपरी गर्छन अनि सत्ता बाहिर भयको बेला वार्गेनिङ्ग गर्छन।किन भने यिनिहरु लाई देश र जनताको कुनै सरोकार छैन मात्र सरकारमा जाने बिदेशको दलालि गर्ने र बाँच्दा सम्म ऐयासी गर्ने त्यो उदेश्यले ग्रसित भयका छन।देश भित्रका ठुला राजनीतिक पार्टी हरुको यहि उदेश्य रहँदै आएकोछ।
उनिहरुले स-साना दलहरुलाई पाखा लगाउँन थ्रेश होलडको नयाँ फार्मुला पय्रोग गरेर धेरै दलहरु लाई पाखा लगाई सके।तर अहिले भने उनिहरुको पालो आएकोछ,अरुलाई खनेको खाडलमा आफु पर्ने भयपछि देशमा फेरी क्रान्ति गर्ने कुरा उनिहरुको मनस पटलमा आएकाछन।उनिहरुको कथित जनयुद्ध पनि क्रान्तिकारी उदेश्यले भयको थिएन उनिहरु मुलधारमा आएको पनि क्रान्तिकारी बिचारले होईन।केवल सत्ता हड्पने दाउँ पेच मात्रै थियो।क्रान्तिकारी कुरा गरेर उग्र राजनीतिक गतिबिधी गरेर नै देश भित्रका गरिब शोषित पिडित श्रमजीवीहरुलाई आफ्नो स्वार्थ पुर्तिका लागि आफु तिर तान्ने यही एउटा उनिहरुको लागि मैन अबसर थियो।जस्लाई उनिहरुले प्रयोग गरेर गरिब किसान का छोरा छोरी लाई उपयोग गरेर नै सरकारमा पुगेका थिए।”पल्केको स्याल कुखुरामाथि खयाल”भनेको जस्तै अहिले पनि उनिहरुले त्यो बाटो अप्नाउँने प्रयात्न गर्दैछन।तर सदैभरी खार खोलामा बाँको फल्दैन।”भन्या जस्तै जनताहरुलाई पटक पटक गुमराह गर्न सकिने छैन।तसर्थ देश र जनताको हितमा एकमना एकता गरेर राष्ट्रीयता,जनतन्त्र र जनजीवीकाको लागि अगाडि बड्ने हिम्मत गर्नु आजको आबस्याकता छ।देशमा संघियताले गर्दा देश उँभो लाग्न नसक्ने पक्का पक्की छ।सबै भन्दा पहिले सम्बिधान संसोधन गर्ने हो भने संघियता लाई अबिलम्बन खारेज गर्नु पर्दछ।जब सम्म संघियता खारेज हुँदैन देश आत्मनिर्भर भन्न सक्ने देखिदैन।अहिले क्रान्तिकारी कुरा गरेर सत्तो लोग प्रियता हाशिल गर्न खोज्नेहरु अवसरबाद हुँन अनि उनिहरुको नाटकमा जनता हरु सचेत हुँनु प्रने आजको आबस्यकता पनि हो।

चर्चामा

सम्बन्धित समाचार