शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम : यी क्षेत्रमा हुन सक्छ वर्षा

आजको मौसम : यी क्षेत्रमा हुन सक्छ वर्षा

  • शनिबार, चैत्र २८, २०७७
आजको मौसम : यी क्षेत्रमा हुन सक्छ वर्षा

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ ।

हाल हाल प्रदेश नं १ लगायत देशको पहाडी भू-भागहरूमा आंशिक वदली बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र २८ गते (शनिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

चैत्र २९ गते (आइतवार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

चैत्र ३० गते (सोमवार)

दिउँसो: सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार