बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • नेपाल पत्रकार महासंघ बझाङमा रोकाया प्यानलसहित अध्यक्षमा विजयी

नेपाल पत्रकार महासंघ बझाङमा रोकाया प्यानलसहित अध्यक्षमा विजयी

  • बिहिबार, चैत्र २६, २०७७
नेपाल पत्रकार महासंघ बझाङमा रोकाया प्यानलसहित अध्यक्षमा विजयी

शिवजी मण्डेल / बझाङ,
नेपाल पत्रकार महासंघ बझाङ जिल्लाको शाखामा संयुक्त प्यानल विजयी भएको छ । चैत २५ गते बुधबार देशभर पत्रकार महासंघको चुनाव भएको थियो । चुनावमा बझाङको नेतृत्वको लागि रमेश केसी र शैलेन्द्र रोकायको नेतृत्वमा २ वटा प्यानल बनाइ चुनाव लडेका थिए । चैत २६ गते बिहान सम्पन्न भएको मत गणनाको परिमाण अनुसार शैलेन्द्र रोकायाको नेतृत्वमा रहेको संयुक्त प्यानल विजयी भएको छ । विजयी हुनेमा शैलेन्द्र रोकाया अध्यक्ष सम्राट सिंह उपाध्यक्ष ललित सिंह सचिव दोरेन्द्र खड्का सहसचिव सुवास कठायत कोषाध्यक्ष रहनु भएको छ त्यस्तै सदस्यहरूमा धुर्व बिष्ट आशिष सिंह बिष्णु खड्का दिनेश बोहरा अशोक खड्का उत्तम थापा झलक सिंह र बिर्ख बोहरा विजयी भएका छन् । भने त्यस्तै समावेशी उपाध्यक्षमा विना रोकाया र सहसचिवमा तरुणा जोशी निरविरोध निर्वाचित भएका थिए । निर्वाचनमा शैलेन्द्र रोकायाले ५२ मत र रमेश केसीले १० मत प्राप्त गर्नुभएको छ । बझाङमा ८२ मतदाता भएपनि ६८ मत मात्र खसेको थियोे ।

चर्चामा

सम्बन्धित समाचार