शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • दुबईबाट राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने एक जना विमानस्थलमा पक्राउ

दुबईबाट राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने एक जना विमानस्थलमा पक्राउ

  • बुधबार, चैत्र २५, २०७७
दुबईबाट राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने एक जना विमानस्थलमा पक्राउ

राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।   मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन्।

उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। ‘उनले ल्याएको प्रेसर कुकरको तौल जाँच्दा बढी देखायो। पटक-पटक चेक गर्दा पनि तौल बढी भएपछि हामीले खोलेर हेर्‍यौं,’ उनले भने,’कुकरको भित्र सुन राखिएको रहेछ।’

उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए। त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो।

उनी माथि थप अनुसन्धान भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार