शुक्रबार, चैत्र १६, २०८०

पत्थर!लगु कथा!

  • मङ्लबार, चैत्र २४, २०७७
पत्थर!लगु कथा!

सुरेशकुमार पान्डे–जुठेले आफ्नो सानु बुकुरो बनाउँन आफै ढुङ्गा खेर्छ।उनिहरु भर्खर छुट्टिएका थिए।आफ्नो हिश्यामा परेको एउटा पाटो मा जसरी तसरी बुकुरो बनाएर आफ्ना बाल बच्चालाई भित्राउँने तरखरमा थियो।जुठे र सुकीका दुईटा छोरा जन्मिएका थिए।अहिले सम्म त जुठेले लाहुरमा कैले होटेल कहिले कोठिमा जस्तो भेट्यो उस्तै काम गर्थ्यो।अहिले घर आएको बेला बा आमाले जुठेलाई छुट्टाई दिए।उसको बा धने ले पनि आर्काको हलि गोठालो भएर निमेक गर्थे।छुट्टिने बेला घरमा के थियो र बरु जुठेको थाप्ल़ोमा दश हजार रिन परेको थियो।एका तिर खान र लगाउँनको समस्या उस्तै अहिले झन रिन त्यो पनि जिम्मालको ब्याजे रिन परेको थियो त्यो चिन्ताले उस्लाई दुखि बनाएको थ्यो।
सुकि र जुठे दुई जनाले मिलेर बुकुरो बनाउँदै थिए।ढुँगा र माटोको बुकुरो बनाए खरले छानो पनि छाएर चिटिक्कै पार्यो।
अब घर भित्राउँने बेलामा उस्लाई देख्नै नसक्ने सौतेनी आमा पहिलेई टुप्लुक आईपुगिन।उसका बा धनेका तिनौटी स्वास्नि मध्य अहिले यिनै बाटुली थिईन झण्डै आफु भन्दा पनि कम उमेरकी आमाको खुट्टामा ढोग गर्छ।
सुकिले सबै काम छाडेर आमाको सत्कार गर्छिन।जे जस्तो भयपनि आमा हुँन भन्ने बिचारले जुठे र सुकिले सदै आदर गर्ने गर्थे तर बाटुलीको भने अहिले छुट्टाउँनमा उसैको हात थियो।
आहा कति राम्रो घर बनाएछन यो जुठे र सुकिले भन्दै घरको चारै तर्फ घुमि।अनि ठुलो स्वास फेर्दै!जुठे भन त नढाटेर तैँले छुट्टिने बेला कति पैसा लुकाएको थिईश?बाटुलिले सोध्छे!आमा तपाँई पनि बिस्वास गर्नु हुँदैन!मैले एउटा फुटेको कौडिपनि लुकाईन आमा,बिस्वास गर्नुश।जुठेले सफाई दिन्छ।चोरको टाउकामा सिन्का भनेको त साँच्चै पो हुँनेरैछ!बा मैले त ठट्टा मात्रै गरेकि थिएँ!मलाई दिनु पर्थ्यो र साँचै भनेको भए!भन्दै घर भित्र राम्रै गरि नियाल्छे।बाटुली अत्यान्तै कुरौटे,अल्छि र लाछि पनि थिई काम गर्ने बेलामा सदै बिमारीको बहाना बनाउँथी र अय-ऐय गर्न थाल्थि।काम सबै सुकिलाई नै गर्नु पर्थ्यो।जेठि बाटको छोरा जुठे नै हो,जुठेको आमा मरेपछि आर्कि बिहे गय्रो उ बाट एउटा छोरा छ तर माईली चाहीँ अन्तै पोईल गई,त्यसपछि यो बाटुलिलाई धनेले ल्यायो आफ्नो उमेर भन्दा आधाले कान्छि उ बाट पनि दुईभैनी छोरी छन स-साना।
घर भित्राउँने बेला त पुजा पाठ गर्नु पर्छ बाहुँन बोलाउँनु पर्छ नी जुठे भन्दै अह्राउँछे।जुठे अलि थोरै भयपनि प्रगतिशिल बिचारको न्रम स्वाभावको मान्छेहो।उस्तै सुकि पनि मिहेनती र हँस मुख छे।आमा हजूरले हाम्रो घर कुच्दिनु भयो अब हामिले कसैलाई बोलाउँदैनौँ।आमा भन्दा ठुलो बाहुँन हुन्छर?सुकिले उस्लाई ठुलो गराउँछे।यि कति साख्खै भई!पैसा खर्छ गर्नु पर्छ भनेर!सुकिका कुरा सुनेर बाटुली फुरुक्कै पर्दै भन्छे।होईन आमा हजूर आउँनु भयो भगुवान समान त्यही हाम्रो लागि सोभाग्या छ।भन्दै जुठेले झनै उचाल्यो।
उनिहरु दलित परिवारका थिए तर पनि जुठे र सुकिले जाँड रक्सि पिँउदैन्थ्यो बाटुलिले भने सबै सुईकाई दिन्थिन।धनेले र बाटुलीले आफ्नो बारीको मकै सबै जाँड पकाएरै सिधाई दिन्थे।जुठे सानै मा लाहुरे भयो र लाहुरमा पनि सामाजिक संगठनको प्रभावमा परेको ले उस्मा थुप्रै राम्रा राम्रा बिचार ले घरगरेका थिए।अहिले सुकि गर्वबति थिई दुईभाई छोरा पहिले थिए।जसरी तसरी अहिले सुत्केरी उतारे पछि लाहुर गयर आफ्नो थाप्लोमा परेको दश हजार रिन तिर्ने बिचार जुठेको थियो।उस्लाई धनेले यो रिन तेरो थाप्लोमा छ तैँले तिर्नु पर्छ भनेपछि कहि नबोलेर हुँन्छ बाबा मैले तिर्छु भन्यो।
जुठे घरपैँचो कहिले गर्छश भन म अलि छिट्टै आउँछु काम गरिलाग्न!बाटुलिले अलि गम्भिर भयर सोध्छे।हजूरको घरहो आमा यतै बस्नुश आजै देखि!जुठेले भन्छ।हाँसो नगर बाबु घरपैँचो गर्नै पर्छ।हुँन्छ आमा भोली बिहानै आउँनु होला,जुठेले भन्छ।हो भित्र भगुवानका फोटा हरु पनि राखेस नी!बाटुलीले अह्राउँछे।जुठेले यता उता हेर्छ र नजिकै पल्टेको एउटा ढुङ्गा उठाएर यि आमा देवता भन्दै बाटुलिलाई देखाउँछ।छि कत्ति लाज मर्दो हो यो जुठे मुर्दार आमा सँग पनि ठट्टा गर्छ पाजी !भन्दै कराउँछे।यस्तो जाबो ढुङा अलि राम्रो मुर्ति किनेर ल्याउँनु पर्छ भन्दै बाटुली त्यँहा बाट हिँड्छे।
जुठेले बाटुली गयपछि भन्छ कस्ति छिन हाम्रि आमा?कसैको समस्यानै बुझ्न सक्दैनन।भन्दै सुकि सँग कुरा गर्दै त्यो ढुङ्गामा बिस्तारै छिनि र घनले टुक-टुक पार्दै थियो।सुकिले उस्लाई गम्भिर भयर नियाल्दै थिई।कुन्नि किन अहिले जुठेका आँखामा एक्कासी बादल परेको जस्तै भयो अनि एकछिन पछि तप-तप ठुलठुला पानीका थोपा खसे।तर उस्का हात रोकिएका थिएनन्।
रात झम्ककै पर्यो सबै पसु पञ्छिहरु आ-आफ्नो बास स्थान तिर जान थाले।सुकिका काखमा दुबै बच्चा निदाएका थिए।एउटा उस्को पेटमा थियो।उनिहरु दुबैलाई थकाईले केहि खाने मन पनि थिएन।
सुकि उठेर दियो बाल्छे अनि एउटा गुन्द्रि बिच्छाएर दुबै बाबुलाई सुताउँछे।दियोको झिनो उज्यालामा पनि जुठेले त्यो ढुङा लाई तिखार्दै थियो।उस्लाई सुकिले डिस्टप गरिन। किनकी अहिले उस्को त्यो काम बाट ध्यान हटाउँन सुकिले चाहिन।आगनमै चुलो बालेर मकैको आटो र गुन्द्रको झोल तैयार पार्छे।उस्ले खाना खान बोलाउँनु भन्दा पहिले जुठे उठेर हात खुट्टा धुन्छ।अनि खाना खान्छन।सुकिलाई थकै लागेको थियो उ त्यही सुत्छे तर जुठे लाई रातै भरी निद्रा लाग्दैन।उस्ले त्यो ढुङ्गालाई खारेर त्यसमा प्राण हालि सकेको थियो।भगवानको हो उस्लाई आफ्नो आमा भन्दा ठुलो संसारमा कोहि थिएन।उस्ले खाटाक खुटुक आफ्नो आमाको शालिक त्यही ढुङ्गाको बनाएको थियो।
जो भोली त्यो देवताको थानमा सजाउँनु थियो।जुठेले आफ्नो आमाको अथाह दुःख देखेको थियो।उस्लाई उपचार गर्न नसकेर गाउँमा धामी र झाक्रि बसाले महिनौ सम्म दुःख पाएर आफ्नो आमाले आफुलाई छाडेर गयको हिँजो जस्तै लाग्थ्यो जुठेलाई।त्यो दिन देखि जुठेले पुराना यि धामी झाँक्रि र बोक्सी आजा पुजा जस्ता रुढीवादी भ्रममा नपर्ने अठोट गरेको थियो।अहिले पनि उस्ले त्यो ढुङ्गो र माटो लाई नै देवता कामलाई पुजा र सबै भन्दा ठुलो आफुलाई जनम दिने आमा आफ्नो भगवान सम्झिन्थ्यो।
बिहान सुकिको निन्द्रा खुल्दा सम्म

उस्ले त्यो ढुङ्गामा प्राण हालि सकेको थियो।अब त्यो ढुङ्गा थिएन उस्को कलाले आफ्नै आमाको शालिक निर्माण गरेको देख्दा सुकि खुसिले प्रफुल्लित भई।अनि एकछिन पछि उनिहरुले घरपैचो गर्ने भन्दा पहिले आमाको त्यो मुर्ति लाई सजाएर एउटा कपडाको पर्दाले ढाक्यो।
एकछिन पछि बाटुली र धनेहरु आई पुगे।खैत जुठे बाहुँन ?बटुलीले सोधी।आमा हजूरहरुनै हाम्रा सबथोक हुँनु हुन्छ।अनि बा को हातमा एउटा दियो थमाई दिन्छ।र त्यो प्रदा खोल्न भन्छ।सबैले हेरि रहेका हुँन्छ।धनेले त्यो सजाएर राखेको मुर्ति माथि बाट पर्दा हटाउँछ।सबैले तालि पिट्छन।तर धनेले तालि पिट्नै बिर्शिन्छ उस्ले जुठेको आमालाई अब बोल्छे की भनेर नियाली रहेको हुँन्छ।उस्का हात लगलग काँपेका थिए।यो कसरी सम्भब भयो।बाटुली ले भगुवन सम्झेर चरण छुन्छे।अनि फुल चडाउँछे माला बनाएर लगाई दिन्छन।धनेका आँखा बाट आँसुका ढिका तप-तप खसेको बाटुलीले हेर्छे उस्ले आजभन्दा पहिले धनेको आँखामा आसु देखेकि थिईन।
(कथा काल्पनिकहो यस्का पात्र र नाम सबै काल्पनिक हुँन कसैको निजि जिवन सँग मेल खायो भने मात्र सञ्जोग हुँनेछ।)०६-०४-२०२१,

चर्चामा

सम्बन्धित समाचार