शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • समाचार
  • आजको मौसम पूर्वानुमानः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमानः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • सोमवार, चैत्र २३, २०७७
आजको मौसम पूर्वानुमानः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसैगरी, हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। भने, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा फाटफुट र हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार