शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भय्राङ्ग-लघुकथा!

भय्राङ्ग-लघुकथा!

  • आइतवार, चैत्र २२, २०७७
भय्राङ्ग-लघुकथा!

सुरेशकुमार पान्डे।
हामी सदियौँ देखुन अपहेलित जिवन ब्यातित गर्न बाध्य भयकाछौँ।तर अब हामिले यो जातिय बिभेको अनत्य गर्नु पर्छ।कथित जनै धारीहरुले अरु जाति माथि गरेको अन्या र अत्याचारको बिरुद्ध अब जातिय आन्दोलनको आँधी बैरी ल्याउँनु पर्छ!शंघर्षले आम सभालाई सम्बोधन गर्दै जोसिलो भाषण ठोकछ।उस्को त्यो जोसिलो भाषणले आज ब्यापक समर्थन पाएको थियो।चौरमा बसेका महिला पुरुष र युवाहरुले जोसिलो तालि बाट समरर्थन दिएका थिए।
तर त्यहि मञ्चाशिन आर्का अथिति गोबिन्धले शंघर्ष को त्यो भाषणलाई बिच बिचमा माईनेटिङ्ग गर्दै थिए।उनि बढि गम्भिर देखिन्थे।उन्ले मनैमनमा सोँचे आखिर शंघर्ष को बिचारले छिट्टै ठाउँ त अबस्य पाउँछ,तर यो बिचारधाराले कुन बाटो छोप्ला?भन्दै मनैमनमा कुरा खेलाएका थिए।आज शंघर्षको बिचारले गोबिन्दलाई चिन्तित बनाएको थियो।तरपनि अहिले यो मञ्चमा केहि भन्नु उचित सम्झिएनन्।कार्याक्रम भब्य भयो।
खास गरेर युवाहरुले जुन जोस देखाएका थिए त्यो उनिहरुको बिगत भोक्दै आएको सामाजिक बिभेदको नतिजानै हो।समाजमा जातिय छुवाछुत दिनौ-दिन बढ्दै गयकाले आखिर एक न एक दिन त छचल्किन्छ नै सोही आजको युवाहरुको जनै धारी माथीको घृणाले उजगार गर्दै थियो।तर आजको यो जोस राम्रो लागेपनि क्षाणिक थियो,तर यसको परिणाम भने खतरनाक हुँन सक्थ्यो।
यो बेल देश भित्र बर्गिय आन्दोलनको राम्रो बिकाश हुँदै गयको थियो।गाउँ सहरमा बर्गिय बिचार धारामा आधारीत कार्याक्रमहरु हुँन्थे।अहिले केहि दिन देखि कयौँ ठाउँहरुमा दलित मुक्तिका कुराहरु उठ्न थालेका थिए।यो एकप्रकारले समाजमा भयको छुवाछुत मान्छे मान्छेमा भएको बिभेदले गर्दा दलितहरुमा आक्रोश श्रृजना भयको लाई अस्वभाबिक भन्न मिल्दैन थियो।एका तिर देशभित्र बढ्दै गएको बर्गिय आन्दोलन बाट चिन्तित भयको चत्तुर छिमेकीले त्यो आन्दोलनलाई तितर बितर नपार्दा सम्म आफुले आफ्नो चलखेल र हालि मुहाली बरकरार राख्न गारो थियो।
शेरुले तुरुन्तै छिमेकीमा भयको जातिय बिभेदलाई अतिरञ्जित बनाएर गाउँ सहरमा प्रचार गराउँन शंघर्शलाई भन्छ।देशभाट कम्युनिष्ट आन्दोलनलाई गनतब्य हिन गराउँन तब सकिन्थ्यो जब बर्गिय शंघर्ष लाई जातिय शंघर्ष मा तबदिल गर्न सकिन्छ।त्यो काम गराउँनलाई शंघर्ष जस्ता ब्याक्तिको खाँचो थियो।
एका तिर शंघर्ष को पक्षमा जनमत बढ्दै गयो भने आर्को तिर बर्गिय आन्दोलनमा सिथिल्ता देखा पर्न थाल्यो।दलित र जनजातिहरु लाई बाहुँनको बिरुद्धमा आन्दोलित गर्न त्यति अपठ्यारो थिएन जति बर्गिय आन्दोलनको पक्षमा जनमत तैयार गर्न थियो।
हिँजो आज दिनौँ जातिय मुक्तिका कार्यक्रमहरु हुने भयकोले आम दलित समुदायलाई हाम्रो हितमा यहि ब्याक्ति मात्रै बोल्न सक्छ भन्ने परेको थियो।अब त्यो ठाउँका दलित समुदायले शंघर्ष लाई अगाडि सार्नथाले।त्यस्तै छिमेकको शेरुले पनि त्यही चाहेको थियो।तिमिले कत्ति स्रम नगरे जे चाहिन्छ हामिलाई भने।तर देशबाट बाहुँनवादी सँस्कारलाई उखेलेर फाल्नु पर्छ जबसम्म यि उच्च जाति भनौदाहरुजिवितछन तिमिहरुलाई अधिकार मिल्नै सक्दैन!भन्दै शेरुले केही नोटका बण्डल निकालेर दिन्छ।अब संघर्श कम्युनिष्ट थिएन मात्र त्यो छिमेकीको कटपुत्लि थियो।जो छिमेकले भन्छ उस्ले त्यही गर्थ्यो।कहिले दलितलाई जबर्जस्ति क्षेत्री बाहुँनको घर भित्र पसाल्ने,कहिले मन्दिरमा भित्राउँने।बाहुँनहरुको जनै छिँडाल्दिने आदी उग्रकार्या गरेको देख्दा दलितहरु लाई पनि यहि लाग्न थाल्यो शंघर्ष नै जातिय मुक्तिदाता हो।अब दलित जनता उसैका अन्ध भक्त हुँदै गए।उस्को यो ब्यबहारले एका तिर कम्युनिष्ट आन्दोलन लाई ठुलो नोकस्नान भएको थियो,उस्को जातिय द्वान्द्धले देशभित्र आपसमा एउटै बर्गका साथिहरु बिच झग्डा भयको थियो।छिमेकी शेरुले यसैको फाईदा उठाएर।आफ्नो चलखेल मात्र बढाएन आफ्ना दलालहरुको ठुलो फौज तैयार पार्न सफल भयो।शंघर्ष लाई शिर्श नेता बनाई दियो भने देशभित्र चलेको बर्गिय शंघर्स लाई धरासाही पारेर नौलो जनवादी क्रान्तिलाई गर्भमै तुहाउँन हफल भयो।एउटा सिङ्गो कम्युनिष्ट क्रान्तिकारी पार्टीका टुक्रै टुक्रामा परिणित भयो।आज जनताले देशभित्र सच्चा कम्युनिष्ट पार्टीको बिउ खोज्दैछन।
शंघर्ष जस्ता नेताहरुले र शेरु जस्ता छिमेकीले गर्दा यो दुरगति भयो।जस्को डर थियो उनै अवसरवादहरुले आन्दोलन लाई भर्याङ बनाएर शिखरमा बिराजमान भए।
आजपनि दलित जनजातिहरुको समस्या ज्युँका त्युँ छ।गोबिन्दहरु ले नयाँ शिरा बाट बर्गशंघर्शका लागि संगठन निर्माण अभियानमा लागेके छन।

चर्चामा

सम्बन्धित समाचार