बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • यस्तो छ २०७८ सालमा बैंकिङ कर्मचारीको बिदाकाे सूची

यस्तो छ २०७८ सालमा बैंकिङ कर्मचारीको बिदाकाे सूची

  • शनिबार, चैत्र १४, २०७७
यस्तो छ २०७८ सालमा बैंकिङ कर्मचारीको बिदाकाे सूची

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि बिदाको सूची सार्वजनिक गरेको छ । बैंक बिदा हुने दिनका साथै कार्यालय खुल्ने समयको बारेमा समेत राष्ट्र बैंकले जानकारी गराएको छ ।

राष्ट्र बैंकका अनुसार वैशाख १ गतेदेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पाउने विभिन्न बिदाहरु सार्वजनिक गरेको छ । कर्मचारीहरुले विश्व मजदुर दिवस, अन्य विभिन्न दिवस, चाडपर्व, जात्रा लगाउतमा पनि बिदा पाउने राष्ट्र बैंकले जनाएको छ ।

२०७८ सालको दशैँमा फुलपातीदेखि एकादशीसम्म अर्थात असोज ३ गतेदेखि ७ गतेसम्म बिदा हुनेछ । तिहारमा कात्तिक १८ गतेदेखि २१ गतेसम्म बिदा हुनेछ।

राष्ट्र बैंकले बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि ५ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला रहने जनाएको छ।

त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म वित्तीय संस्था खुला रहे पनि ३ बजेसम्म मात्रै बैंकिङ कारोबार हुने जनाइएको छ। यस अवधिमा प्रत्येक शुक्रबार १० बजेदेखि १ः३० सम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् सूची

चर्चामा

सम्बन्धित समाचार