शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिका जिल्लाकै पहिलो पुर्ण खोपयुक्त गाउँपालिका घोषणा

गौमुल गाउँपालिका जिल्लाकै पहिलो पुर्ण खोपयुक्त गाउँपालिका घोषणा

  • शुक्रबार, चैत्र ६, २०७७
गौमुल गाउँपालिका जिल्लाकै पहिलो पुर्ण खोपयुक्त गाउँपालिका घोषणा

रमित विक — गौमुल गाउँपालिका जिल्लाकै पहिलो पूणर् खोपयुतm गाउँपालिका घोषणा गरिएको छ । “खोप लगाउ, दिगोपना सुनिश्चित गरौं” भन्ने नाराका साथ जिल्लामा नै पहिलो स्थानीय तहका रुपमा गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका भरिका सबै बालबालिका खोपको पहुँचमा पुगेपछि पूणर् खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।
गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले पूणर् खोपयुक्त गाउँपालिका घोषणा गरेका हुन् । गाउँपालिका भरिका ६ वटै वडामा शत प्रतिशत बालबालिकाहरुले खोप सहज रुपमा पाएपछि आज एक औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाले जीवन संग स्वास्थ्य जोडिएकाले पहिला व्यक्ती स्वस्थ्य हुनुपर्नेमा जोड दिएका छन । स्वास्थ्य बिना जीवनले सार्थकता नपाउने बताउँदै स्वास्थ्य बलियो भए मात्र जीवन रहने बताए  ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको समन्वय प्रमुख रोकायाले वृक्षको गुण उसको फलबाट थाहा हुने उल्लेख गदैं गौमुल गाउँपालिकाले गरिरहेका क्रियाकलापको उच्च प्रसंशा गरेका छन । गौमुल गाउँपालिकाबाट जिल्लाका अन्य स्थानीय तहले समेत सिक्न आग्रह गर्नुभएको छ । हरेक दृष्टिकोणबाट गौमुल गाउँपालिका अग्र स्थानमा जानु भनेकै जनप्रतिनिधिहरु सक्षम र योग्य भएका कारण समृद्धि हाँसिल गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जनताका मौलिक हक मध्ये खोप पनि पर्ने भएकाले समयमै गाउँपालिकाका सबै वडामा सहज रुपमा खोपको कार्यान्वयन हुनु सुखद् भएको बताएका छन ।
घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाजुराको प्रमुख दयाकृष्ण पन्तले स्वास्थ्य क्षेत्रमा गौमुल गाउँपालिकाले ठुलो फड्को मारिरहेको बताउनुभएको छ । जिल्लाका अन्य स्थानीय तह मध्ये गौमुल गाउँपालिका जहिले अग्रणी स्थानमा रहेकोमा खुसी व्यक्त गरे ।
घोषणा कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले पूण खोप युक्त गाउँपालिका अभियानमा सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिँदै सम्पूणर् क्रियाशिलता देखाउने सबैमा आभार ब्यक्त गरेका छन । गाउँपालिका पुणर् खोप घोषणा गर्न सहज भएको र दिगो राख्न चुनौती रहेकाले सबैको साथ सहयोगको अपेक्षा गरेका छन ।
पूणर् खोपलाई दिगो राख्न स्वास्थ्यकर्मी, आमा समूह, महिला स्वास्थ्य स्वयंमसेवीका, बुबा समुह, सञ्चारकर्मी, गाउँपालिकाबासी थप जिम्मेवारी हुनुपर्नेमा जोड दिएका छन । आजको बच्चा स्वस्थ भए नेपालको भविष्य उज्यालो हुने भन्दै यो अभियान सबैको भएको बताएका छन् ।
स्वास्थ्यकमी र जनप्रतिनिधिहरुले मात्र बढी जिम्मेवारी हुनुपर्ने नभई नागरिक समाजको पनि यसमा महत्वपूणर् भूमिका हुने बताए । विभिन्न रोगबाट बच्न, अकालमै मृत्यु हुन नदिन खोपले सघाउने बताउँदै ‘समयमै अभिभावकले आफ्ना बच्चालाई खोप लगाउन जरुरी रहेको बताए ।’
गाउँपालिका ६ वटै वडा तथा टोलका ९ वटा स्वास्थ्य सस्थाका झण्डै १ सय ८६ बालबालिकाले एक वर्ष भित्र ११ प्रकारका रोग विरुद्धको खोप पाएकाले गाउँपालिका घोषणा गर्न सम्भव भएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताए ।
पुणर् खोप गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि पूणर् खोपका लागि समाज जागरुक हुनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्ने अधिकांस व्यतिmले गाउँपालिकाले गरिरहेका क्रियाकलापको खुलेरै प्रसंशा गरेका छन् ।
गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एंव जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे, गाउँपालिकाका उपाध्यक्ष सीता थापा, जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्त, प्रहरी नायव उपरीक्षक मदनजीत महरा, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, ६ वटै वडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु, स्थानीय लगायत करिव ५ सय बढीको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य सहायक धर्म बुढाले गरेका हुन् ।
कार्यक्रममा विभिन्न विद्यालयका सचेतनामूलक नृत्य तथा विभिन्न महिला आमा समुहले देउडा गीतहरु प्रस्तुत, चेतनामूलक कमेडी समेत प्रर्दशन गरिएका थिए । गाउँपालिकालाई पुणर् खोपयुक्त घोषणा गर्ने अभियानमा सहयोग गर्ने विभिन्नलाई सम्मान समेत गरिएको छ । यस्तै गाउँपालिकालाई पुणर् खोपयुक्त गर्ने अभियानमा सहयोग गरेको भन्दै सहयोग गर्नेलाई प्रशंसा पत्र समेत प्रदान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार