शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • त्यो बालकका आमा बुवा (लघुकथा)

त्यो बालकका आमा बुवा (लघुकथा)

  • शुक्रबार, चैत्र ६, २०७७
त्यो बालकका आमा बुवा (लघुकथा)

एउटा गरिब परिवारमा बालक (बिर्खे) को जन्म भयो । त्यो बालको आमा बुवा र एउटा दिदि थिए । घरमा खान लगाउन एकदमै कठिन हुने गर्दथ्यो दिनभरि काम गरेपनि ४ जनालाइ बिहान बेलुका खान पुग्दैन थियो । समाज बाट पनि एकदमै अपहेलित थियो त्यो परिवारलाई कसैले सहयोग गदैन थिए जेन तेन गरेर त्यो परिवार चलेको थियो आमा बुवा थोर–थोरै खाएर छोरा छोरि लाई पेट भरि खुवाउथे ।
बिर्खे बिस्तारै बढ्दै गयो ६ बर्षको उमेरमा बिद्यालयमा भर्ना भयो । सबै साथिहरु संगै ऊ पनि विद्यालय जाने गर्दथ्यो अरुको भन्दा भिन्न थियो उसको जिवन शैलि लुगा कपडा कापि किताब किन्न सक्ने क्षमता पनि थिएन तर आमा बुवाको भने छोरा छोरिलाइ पढाउने लेखाउने ठुलो सपना थियो । साथ सपोर्ट कसैको थिएन जेनतेन गरेर आमाबुवाले कापि कलमको जोखो गरिदिन्थे । बिर्खे विद्यालयमा सधै जान्थ्यो कुनै दिन पनि छुट्टि गर्दैन थियो । गुरुहरुले पनि बिर्खे लाई असाध्यै माया गर्थे बिद्यालयले आयोजना गरेका सम्पुर्ण क्रियाकलापमा बिर्खे भाग लिन्थ्यो । बिडम्बना बिर्खे लाई दिनमा खाजा खाने खर्च हुदैन थ्यो कसैले पनि बिर्खे लाई खाजा नास्ता खुवाउदैन थे सबैले हेलानै गर्थे तर पनि बिर्खे साथिहरु संग मिलेर बस्थ्यो कसैसंग पनि चर्को स्वरले बोल्दैन थ्यो नम्र स्वाभावको मान्छे थियो कसैले आइलागे पनि जाइ नलाग्नेमा थियो बिर्खे तै पनि साथिहरु उसलाई मोजाक उडाउथ्य तै पनि बिर्खे सहेर बस्थ्यो उसको आदत बसिसक्यको थियो । बिस्तारै बिर्खे जवान भयो उसले प्रबेसिका परिक्षा पनि उर्तिण ग¥यो अब उसलाइ चिन्ता भयो साथिहरु कोहि सदरमुकाम राजधानि त कोहि बिदेश गए वाआमालाई चिन्ताले सताउन थाल्यो छोरालाई उढाउत आर्थिक अवस्था कमजोर छ । नपढाउ भोलि आफु जस्तै हुन्छ भन्ने डर भो सहयोग माग्न बिर्खेको बा सदरमुकाम पस्यो र आमा माइत तिर जान्छन । बिर्खे को बालाई कतै पनि सहयोग मिल्दैन सबैले गरिब भनेर हेला गरेछन बिर्खेको बा रुदै घर फर्किन्छ बाटोमा पुृरानो एकदमै मिल्ने साथि भेट्छ दुबै जना दुख सुख एक अर्कामा बाड्छन
रात धेरै छिपिसकेको थियो बिर्खेको बालाई केहि आर्थिक सहयो साथिले गर्छन अनि घर फर्किन्छन । साउनको महिना थियो बाढि पहिरो अध्यारो बाटो उझ्यालो को पनि ब्यबस्था छैन दुर्गम बस्ति गाडि घोडा त परै राम्रो गोरेटो बाटो पनि थिएन । बिर्खेकोबा त घर फर्किए तर आमा अझै आइनन् बिर्खेले बालाइ भन्यो ‘‘ बा आमा अझै आउनु भएन कतै समस्यामा त पर्नु भएन ’’ बाले भन्यो ‘‘तेरो आमा अझै आको छैन र रातको ९ बज्यो कता गयो र जान आउन त आधा घण्टा मात्र लाग्छ त ’’ छोरि भन्छ ‘‘ म जसरी नि आइहाल्छु भन्दै हुनु हुन्थ्यो आमाले उतै बस्नु त भएन होला बाटोमै छन कि ’’ त्यपछि बिर्खेको बा राँको सल्काएर सुसुरालि तर्फ लाग्छ । हिड्दै जाँदा खोला सम्म आइपुग्छ खोला बाट आवाज आउछ बचाउ बचाउ बिर्खेकोबा अत्तालिदै भन्छ म आए काँहा छौ तिमि भन्छ । उता बाट आवाज आयो ‘‘ म त यहाँ बिचमा छु दुबै तिर खोलाले छोपेको छ । ’’ हतार हतार गरि बिर्खेको बा खोला तिर जान्छ अ बिर्खेकोबा लाइ समस्या पर्छ खोलामा जाँउ पानिको बहाव धेरै छ नजाउ मान्छे बग्नलाको छ । जसरि तसरि बिर्खेको आमा भएको ठाँउमा पुग्छ बिर्खेको बा अनि हतार हतार भाग्न खोज्दा माथिबाट ढुङगा खसेर दुबैको देहान्त हुन्छ ।
यता घरमा छोरा छोरि कुरिरहेका हुन्छन उता बाआमा बाढि पहिरोले बगाइसकेको हुन्छ । महिना बित्छ तर बाआमा घर फर्किदैनन् बिर्खेलाई त बाँचौकि मरौ हुन्छ । साथमा दिदि मात्र हुन्छ खान दिने कोहि हुदैनन् भएको जमिन पनि साँहुले हडप्छ ति असाहय बालक बेघरबार हुन्छन र दुबै भाइबहिनि सहर पस्ने निधो गर्छन सहत त पसे कतै काम पाउदैनन् महिनै भौतारिन्छन कतै काम पाउदैनन् ।
एकदिन दुबै भाइ बहिनि एक रुखको मुनि आराम गरिरहेका हुन्छन त्यहि एक जोडि बृद आउछन र तिनिहरु बसेकै ठाँउमा बस्छन ति बृदको कुनै सन्तान थिएन धन सम्पति धेरै थियो एक अर्काबिच वार्तालाभ हुन्छ ति बृदले बिर्खे र उसकि दिदिलाई गोध लियो चारै जना बृदको घर तिर लागे बिर्खे कलेज गयो र बिर्खेकि दिदि ति बृदको देखाल गर्थिन वृद संग भएको सम्पति बिर्खेको नाममा गरिदियो बिर्खेको जिन्दगी रमाइलो संगै बितेको थियो र बा आमाको कमि महसुस कहिले हुन दिएनन् ति बृदले ।

चर्चामा

सम्बन्धित समाचार