शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता – जीवनको यात्रा

कविता – जीवनको यात्रा

  • बिहिबार, चैत्र ५, २०७७
कविता – जीवनको यात्रा

हतार गरी जति दौडीए पनि
घाटसम्म मात्र रहिछ यात्रा
जतन गरी साचे पनि अन्नत
खरानी रहिछ जिन्दगी//
अन्तयस्टी पछि हराउछ मान्छे
उस्तै मुहार देख्दा पनि
भुतपिस्चात नाम बन्छ भने,
खै कहा लान्छ उस्का गल्ती
माफी दिन्न भन्नेहरूले थुपारेका
तेरो मेरो छुट्टीएका भाग
तॅ छुटीयो म पनि जाने आखीर
सास पछि मेरातेरा पुजी कस्ले लाने//
सम्मालौ की सास कि त
उठाउ स्वयंम अस्थि
हे प्रमेश्वर भनी थोरै दिन
अझै देउन मलाई भाकल हुन्छ//
भिड त हजारौ हजार आउने
सुन्छन भुसुना कमिलाले पनि
जो जती होस आशु झारी रूने
भिडमा आफ्नो मात्र हुन्छ//
मै हॅु भन्दा भन्दै पनि
अहंकारको महलले थामेन
जलप लगाई ऊ र मलाई कायम
तिम्रा पुजी लगीदेउ फिर्ता यो मानेन
फर्कियौ पछि भने पनि दुनिया थिएन
अघि बढ्न खोज्दा आर्यघाट पारै हुदैन//

चर्चामा

सम्बन्धित समाचार