शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • यी हुन् संसारकै ठूलो गाला भएकी मोडल

यी हुन् संसारकै ठूलो गाला भएकी मोडल

  • आइतवार, चैत्र १, २०७७
यी हुन् संसारकै ठूलो गाला भएकी मोडल

सुन्दर देखिनका लागि कैयन् विदेशी मोडल तथा अभिनेत्रीहरुले कस्मेटिक सर्जरी गरेका समाचार हामीले पढ्दै आएका छौँ । कतिपयले त अनुहारको कस्मेटिक सर्जरी गराएर आफ्नो पूरानो रुप नै बदलेका हुन्छन् ।

युक्रेनकी एक अभिनेत्री तथा मोडल अनास्तासिया पोक्रेस्चुक पनि अनौठो खाले कस्मेटिक सर्जरीका कारण चर्चित छिन् । कस्मेटिक सर्जरी गरेर उनले संसारकै सबैभन्दा ठूलो गाला बनाएकी छिन् । ३२ वर्षकी अनास्तासियालाई आफ्नो अनुहार बदल्नका लागि ६ वर्ष लाग्यो । कस्मेटिक सर्जरीका लागि उनले २१ सय डलर खर्च गरिन् ।

हालै उनले इन्स्टाग्राममा आफ्ना नयाँ पूराना तस्वीरहरु शेयर गरेकी छिन् । जसले उनी कस्मेटिक सर्जरी अगाडि कस्ती थिइन् र अहिले कस्ती भइन् भन्ने देख्न सकिन्छ । कस्मेटिक सर्जरीबाट उनको गाला अस्वभाविकरुपमा उठेको छ र ओठ पनि फुलेका छन् ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार