शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • सिहँका आठ साईनो

सिहँका आठ साईनो

  • बिहिबार, फाल्गुन २७, २०७७
सिहँका आठ साईनो

 

१: सुन्दर हाम्रो देश
अनेक जाति र भेष,
आफैं विकास गर्नु बेश।।

२: खै जन्ताको आसन
चिल्ला गर्छन् ती भाषण,
यो यमराजको शासन।।

३: मिली गरौं विकास
सक्छौं कि मुहार फेर्न,
अल्पविकसित राष्ट्र यो।।

४: ति न्याय कहाँ दिन्छन्
ति कोपिला निमोठिन्छन्
ति दोषी खुलेआम हिँड्छन् ।।

५: सोच देशको लागि
कति गर्छौ खिचा-तानी,
सकायौ ढुकुटी के मानी।।

६: मनपरी राज्यमा
कोही यता कोही ऊता,
अपमान संविधानको।।

७: छैन कसैको भर
देश डुब्छ भन्ने डर,
हेर त विदेशी सहर।।

८: छैन कसैको मन
भ्रष्टाचार हुन्छ झन,
सुकाए हरियाली वन।।

– कमल सिहँ ठकुरी(युनिक)
जगन्नाथ गा.पा ०३,बाजुरा
हाल – काठमाण्डौं

चर्चामा

सम्बन्धित समाचार