शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • दोभान बजारमा आगलागी : ४० घर जलेर नष्ट

दोभान बजारमा आगलागी : ४० घर जलेर नष्ट

  • मङ्लबार, फाल्गुन १८, २०७७
दोभान बजारमा आगलागी : ४० घर जलेर नष्ट

ताप्लेजुङ– ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४० घर जलेर पूरै नष्ट भएका छन्। मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा अहिले पनि आगलागी भइरहेको छ।

बिहान ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए। ४० घरमा रहेका करिब ८० वटा पसल जलेका छन्। उनले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको बताए। #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार