शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था नाजुक

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था नाजुक

  • शुक्रबार, फाल्गुन १४, २०७७
कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौँ– मस्तिष्कघातका कारण उपचारका लागि अस्पताल भर्ना भएका कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ ।

शुक्रबार दिउँसोसम्मो उनको स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । तर अवस्था झन् बिग्रँदै गएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालले उनी अझै अचेत अवस्थामा नै रहेको जनाएको छ । जोशीलाई नर्भिक अस्पतालमा राखेर उपचार गरिएको हो। उनको स्वास्थ्य अवस्था बुझ्न परिवार, आफन्त र पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरु अहिले अस्पताल परिसरमा पुगेका छन् । शुक्रबार एकाबिहान ३ बज्नै लाग्दा जोशीलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार