बुधबार, असार २४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा कक्षा १२ को पूरक परीक्षामा १२२ जना विद्यार्थी सहभागी हुँदै

बाजुरामा कक्षा १२ को पूरक परीक्षामा १२२ जना विद्यार्थी सहभागी हुँदै

  • बुधबार, असार २४, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा कक्षा १२ को पूरक परीक्षामा १२२ जना विद्यार्थी सहभागी हुँदै

बाजुरा–बाजुरामा २०८३ साउन २ र ३ गते सञ्चालन हुने मौका (पूरक) परीक्षामा १२२ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जिल्लाभरबाट कक्षा १२ को मौका परीक्षामा सहभागी हुने विद्यार्थी संख्या र परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

शिक्षा इकाईकाअनुसार जिल्लाका २१ वटा विद्यालयबाट पूरक परीक्षामा १२२ जना विद्यार्थी सहभागी हुने भएका छ । पूरक परीक्षाका लागि सदरमुकाम मार्तडीस्थित मालिका माध्यमिक विद्यालय परीक्षा केन्द्र तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा दुई दिन मात्र सञ्चालन हुने जनाएको छ । जसअनुसार २ र ३ साउनमा पूरक परीक्षा हुने भएको छ । सार्वजनिक तालिकाअनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुन सुकै विषय भए पनि पहिलो दिन सहभागी हुनु पर्नेछ ।

अनिवार्य अंग्रेजी विषयको परीक्षामा सहभागी  हुने परीक्षार्थीहरूका लागि पहिलो दिनमात्र परीक्षा हुने बोर्डले जनाएको छ । तर, अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्ने छ । बोर्डका अनुसार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि दोस्रो दिन (३ साउन) परीक्षा हुने छ । परीक्षा बिहान ११ बजेदेखि सुरू हुने छ । बोर्डले असार ५ गते शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो ।

May be an image of ‎ticket stub, blueprint and ‎text that says '‎मिति २०८३/०४०२ संचालन कक्षा मौका परीक्षामा बाजुरा जिल्लाबाट सहभागी हुने विद्यारथींहरका लागि निर्धारण गरिएको परीक्षा केन्द्र सहभागी हुने विद्यार्थीहरुको विद्यालयगत संख्या विवरण: सहभागा विवरण विद्यालयको नाम ठेगाना भानोदय मा.वि., नोबिस मार्तंडी परीक्षामा सहभागी विद्यार्थी सेंख्या कैफियत ६७००१ ६७००२ ុ कार्तिक म्रा.वि. ताप्रा E1oc4 ब्राहबिस, तल्लाकोट भवानी मा.बि., काड़ा, जारिमतोला EgOOL कैलाशमार्डी, सेलिफाल ६७०११ १६ मानाकोट जुगडा, ६७०१२ ६७०१४ ३ मार्तंडी खेतीपातल बडिमालिका श्रीबालविकास नगरपालिका वडानं माझपाली बाजुरा २ दहकोट, ६७०१६ لا ६७०१७ मा.वि. कैलाश मा.वि. डीमालिका बांपु, धीम मा.वि. डांडाकोट सापड्ा ६७०२२ ६७०२३ ६૭०२४ खापरदेवस्थल खपइ ६७०२५ पाणडुसेन जइड्गा धुलाचौर जम्मा विद्यार्थीं संख्या ६७०२६ ६७०२९ ဠ၅၀ဒို၀ १ १२२ fArm‎'‎‎

चर्चामा

सम्बन्धित समाचार