शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अप्राधी को?लघुकथा

अप्राधी को?लघुकथा

  • शुक्रबार, फाल्गुन १४, २०७७
अप्राधी को?लघुकथा

सुरेशकुमार पान्डे।
हामि एउटा सामाजिक सम्मेलनमा भागलिन गएका थ्यौँ।भारतको राजधानी भयकोले नेपालीहरुको घुईचो थियो।टाडा टाटा बाट सामाजिक साथिहरु आएका थिए त्यो सम्मेलन कश्मिरी गेटको नजिकै हुँदै थियो।हामी सम्मेलनमा आउँदा भारतको पञ्जाब क्षेत्रबाट आएको हौँ हाम्रो उदेश्य यँहा बाट सम्मेलन सकेर स्वोदेश फर्किने थियो।
म सँग आउँनु भएका बाग्ले ज्यु लाई अलि छिट्टै घरमा पुग्नु थियो।उँहा सम्मेलन नसकिदै आर्को दिन घर जाने कुरा गर्नु भयो।उँहाको भनाईअनुसार उँहालाई अर्जेन्ट थियो,हामिले जिद्दी गरेनौ।मँ उँहालाई बसमा बसाल्न भनी अन्तर्राज्य बस अड्डामा सँगै गँए उँहा बसमा बस्नु भयो म फर्किन थालेकै थिएँ मेरो दृष्टी नजीकै एउटा सिमिटको बेञ्मा पर्यो।”जहाँ यात्रूहरु बसको प्रतिक्षामा बस्छन”
एउटा युवाले नजिकै बसेका अधेड महिला र ब्याक्तिलाई चुरोट दिदै थियो।नजिकै एउटी शुन्दर युविति बलियो ज्युडाल भयकी आकार्शक अनुहार गहुँ गोरो बर्ण झण्डै १८-२०बर्षकी तरुनी सँग केही केन्टीनमा काम गर्ने केटाहरुले ठट्टा पनि गर्दै थिए।उनिहरु सबै नेपाली नै थिए।पहिले अलि टाडा थिएँ म उनिहरुको कुरा बुझिन अहिले म उनिहरुको नजिकै आँएकोले उनिहरुले गर्ने कुरा सुने।कहिले चिया ल्याई दिने कहिले सिग्रेट दिने ति केटकाहरु नेपाली जस्तै देखिन्थे,युवितीले पनि चुरोट एक सर्को तान्दै केटालाई दिन्थिन।उस्को हातमा काँईयो थियो सँगै कपाल पनि कोर्थिन घरी-घरी उनिहरुको कुरा बाट मलाई अलि आर्कै महेशुर्ष भयो।
१५फर्वरी१९९५को कुरा हो मैले त्यो अर्ध बैँशे ब्याक्तिलाई नजिकै गयर नमस्ते टक्राएँ!उस्ले नमस्तेको जवाफमा काँ जाने हो?भन्दै ठाडो स्वरमा भन्यो।एक जना साथिलाई बसमा बसाल्न आएको भनेर उत्तर दिएँ!उस्ले म सँग खासै बोल्न खोजेन।तर मलाई भने तिनिहरुलाई कता-कता देखेको जस्तो लाग्यो।हजूरको घर कुन ठाउँ पय्रो?मैले प्रश्न गरेँ!नेपाल हो!उस्ले ठाडो स्वरमा भन्यो।हजूर नेपाल त नेपाल कुन गाउँ हो?भनेको भन्दै म खिसिक्क हाँशे।दाङ्ग घोराई भन्दै उ पनि हाँस्यो।घोराही कि तुल्सिपुर ?मैले सोधे।उस्ले म तिर अलि गम्भिर मुन्द्रामा नियाल्यो र बल्ल उस्ले मंसँग बोल्न बाध्य भयो।साहिद मेरो कुराले उस्लाई कतै पिराएको जस्तै मैले महेशुर्ष गरेँ।
किन की त्यो ब्याक्ति तुल्सिपुरको थियो भन्ने मलाई लागेको थियो।हजूर भाई बस्नुस किन उभ्भिनु भयो?उस्ले प्रश्न गर्दै आफु बसेको बेञ्च बाट थोरै सर्कियो।
हजूरको घर काँहा हो र?उन्ले सोधे।मैले पनि आफ्नो परिचय दिँदै हजूर कता जान आउँनु भयको हो?सोधेँ।
हामि पहिले हिमाचल तिर बस्थ्यौँ त्यँहा बाटो खन्ने काम मा लागेका थियौँ!अहिले पानीपोत जाने हौँ!उन्ले भन्दै हिमाचलको आई कार्ड पनि देखाए।यह हो! तर पानीपतमा कुन ठाउँ?मैले प्रश्न गरेँ।हजूर पचरङ्ग बजारमा अचार बनाउँने काम मा बोलाएकोछ!उन्ले भने।पचरंगा बजारको अचार साँच्चै भन्दा मसहुर थियो।उन्ले पहिले केहि मैना त्यँहा अचार बनाउँने काम गरेर आफु घर गएको फेरी मालिकले बोलाएर आएको भने।पानीपोत का लागि कयौँ बस आउँने जाने गर्दै थिए तर उनिहरु कुनै बसमा बसेका थिएनन्,नाहि बस्ने तर्खरमा थिए।हजूरले कसैलाई पर्खिनु भएकोछ की?बसहरु त धेरै गैराखेका छन पानीपोत!मैले सोधे।उन्ले यता उता हेर्दै!हो..कसैलाई पर्खेकै हो!उन्ले अलि बेर पछि अक्मक्के झैँ गरेर भने।यिनी बैनी हजूरको..मेरी छोरी हो!,यो चाँहि बुढी,मेरो कुरा न सिद्धिदै उन्ले उनिहरु लाई सिकाउँदै भने।उनिहरुले म सँग केही लुकाएको जस्तो गर्दा,मलाई उनिहरुको बोलि ब्यबहारमा संका लागेको थियो।
यो बिदेशमा अलि सजग हुनै पर्छ!हजूरहरु पानीपोतनै जाने भएपनि पानीपोतका थुप्रै साथि यँही आउँनु भयकोछ हिँड्नुस म भेट गराई दिन्छु कहिले काँही काम आउँछन!भनेर नजिकै सम्मेलनमा जान हुँन आग्रा गरेँ!हो त्यो त तर अहिले हामिलाई ढिलो भयकोछ जा्दैनौँ उतै गयपछि भेट त होईहाल्छ नी!उन्ले भने।यति बेर सम्मका उन्का कुराहरु धेरै संकालु लागेका थिए।त्यो केन्टीनमा काम गर्ने केटाको उनिहरु लाई गर्ने ब्यबहारले कतै यिनैले त्यो केटीलाई अलमलाउँछन जस्तो महेशुर्ष भयको थियो।
कैले चुरोट कैले चिया दिँदै थे र कति पय अबस्थामा चलाउँने ठट्टा गर्ने पनि गर्थे।
त्यो अधेड महिला अनि पुरुष दुबै मख्ख परेका थिए।मलाई यिनिहरुको यो छोरी होईन भन्ने लाग्यो,बरु यो युवितिको रुप र बैँश बाट यिनीहरुले फाईदा उठाउँन खोजेको नै आभाष हुन्थ्यो।
म सम्मेलनको हालमा फर्किएँ एक दुई जना मित्रहरु सँग यसको बारेमा भने।तर सम्मेलन चलेको बेला सबैको ध्यान सम्मेलन तिरै थियो।मलाई भने सम्मेलन सिद्धिदा बित्तिकै स्वदेश फर्किनु थियो।मेरो मनमा यस्तै बिचार खेल्दै गय,साहिद यो मान्छेले युवितिलाई दिल्लिको ब्यस्यालयमा बेच्छ।
संकालुमन बेचैन थियो, सम्मेलन पछि मलाई बस् अड्डा छाड्न हाम्रो एकजना मित्र आउँनु भयको थियो।यसको बारेमा उँहालाई भने र आफुलाई त्यो युबिती बिक्न सक्ने संका भयको पनि बताएँ।
उँहाले मेरो कुरालाई गम्भिरता पुर्वक लिएर पुरा सि आई डि को जिम्मा ईमानदारीका साथ बहन गर्नु भयो।नभन्दै त्यो युविति कुनै धनी सरदारलाई बेचेर उनिहरु फरार भयकारैछन।त्यो बेला दश हजारमा किनेर छुट्टै किरायाको कोठालिएर लुकाएर राखेको थाहा भयो।उस्को घरमा श्रीमति रैछिन।उनि सँग सम्प्रक गरेर उक्त महिलालाई समाजले ठुलो शंघर्ष पछि मुक्त गराउँन सफल भयो।उस्लाई त्यो सरदारले आफ्नो स्वार्थ पुरा भयपछि कतै ब्यस्यालयमा बेच्ने दाँउमा थियो तर समय छँदै समाजले उस्को उद्धार गर्नाले त्यो युविति स्वदेश फर्किन सकी।
यसरी सामाजिक संगठानका जिम्मेवार साथिहरुले गर्दा त्यो महिला ब्यस्यालयमा जान बाट जोगिईन।
(कथा सटिकमा लेखिएकोछ,यसमा कयौँ साथिहरुका वास्तबिक नाम र बखान गरिएको छैन)

चर्चामा

सम्बन्धित समाचार