शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • छाउ गोठ-लघुकथा

छाउ गोठ-लघुकथा

  • बिहिबार, फाल्गुन १३, २०७७
छाउ गोठ-लघुकथा

घरको करेशा बारी नजिकै एउटा सानु झुपडिको वरी परी आज धेरै मान्छेहरु बसेका थिए।आखिर किनहोला बुझ्ने मनमा खुल्दुली भयो।म बाटो काटेर तेतै मान्छे जम्मा भयको तिर गए।त्यँहा खासै मैले चिनेका ब्याक्ति कोईपनि देखिन।एक छिन त्यँहि उभिएर उनिहरु तिर नियाले खासै कुरा बुझ्न सकिन!उता बाट एउटा बृद्धा बाजे आएको देखेपछि उनैलाई सोध्ने ईचछ्या जाग्यो,उनि मेरो नजिकै आएर उभिए!मैले उन्लाई नमस्ते भने उनि म तिर फर्केर मलाई पिर्लुक्कै हेरे केहि बोलेनन्।बाजे यँहा के हुँदैछ?मैले बुझ्न खोजेँ।के हुँनु थियोर यँहा क्वारी मरेकी छ भन्छन तिमिलाई थाहाछैन?उन्ले भने।उन्लाई साहिद म त्यहि गाउँको हुँ जस्तो लागेहोला,उन्को कुरा बाट त्यस्तै लाग्यो।
देख्दा ठुलो गाउँ भयपनि घरहरु टाडा टाडा थिए बिचमा बारी र खेतहरु थियो। मलाई त्यो गाउँको नामपनि थाहा थिएन कतै जाँदा बाटामा परेकाले देखियो!बाटाको निजिकै मान्छे जुटेको देख्दा के भएको रैछ भनेर सोध्ने मनलागेर मात्रै यँहा उभिएँ।
क्वारी..को हुँन बाजे क्वारी?मैले फेरी उनै सँग सोधे!हाम्रो दाईकी बुहारी हुँन!नजिकै उभिएका आर्का ब्याक्तिले उत्तर दिए,ति बृद्धा भने बगाल बसेको तिर नबोली गए।
हजूरको दाई की बुहारी!सुन्दा धेरै दुःख लाग्यो कसरी मृत्यु भयो त कत्ति उमेरी हुँनुहुन्थ्यो?मैले प्रश्न गरे।भर्खरकी त हुँन दुई बर्षकी एउटी छोरीछे।अँस्ति सर्पले टोक्यो भन्थे आज बितेको खबर सुनियो!उन्ले भने।उपचार भैनछ?हिँजो आज त सर्पले टोकेको उपचार जाँहा कहि छ भन्छन!मैले भने।हो बजारमा लिएर गयको भय बाँच्तिन कि बिचारी बाहिर सरेको बेलामा कसैले डाक्टर कहाँ पनि लगेनन् त्यो बेलामा झारफुकले पनि काम गर्दोरैनछ!भन्दै निदार खुम्चाए।बाहीर सरेको बेलामा डाक्टर कहाँ लग्न मिलेन?काँ छोईन हुन्छ पन्छे की आईमाई सँग,उस्को लोग्ने बिदेशछ अरुलाई छोईनै भैन,माईतीलाई बल्ल आज खबर भयो!उन्ले भने!भन्थिन हाम्रि आमाले त त्यो बुहारी लाई झार फुक गर्नु भन्दा कुनै डाक्ट्रकोमा लैजाउ भनेर!मैले दाईलाई भनेको उन्ले लामा लाई बोलाएर झार्न लगाएछन हिँजो अँस्ति आज त उ झार्न आएको बेला मरिसकेकी रैछ उसैले खबर दिएर बल्ल मरीछन भन्ने थाहा भयो!उन्ले भने।उन्का आँखा अलि राता-राता थिए साहिद अनिदो भएर होला।के भन्ने त्यो गाउँमा अबुज कोहि थिएन,माष्टरहरु पनि थिए पढेलेखेका मान्छेहरुको पनि यस्तो अबस्था किन होला”मैले मनैमनमा सोँचे।
अनि अब पनि त बाहिर निकाल्नु पर्ला कोले निकाल्छ त?अलि बेर पछिको मौनता तोड्दै मैले सवाल गरेँ।अब निकाल्न त पय्रो घरका मान्छे ले निकाल्नान।यँहा महिला चेली बेटीहरु पन्छिए भने छाउ गोठमा बस्ने चलनछ,त्यहि द्वौरान सर्पले टोकेर मृत्यु भयको हो!तर कसैले पुलिसलाई खबर गरिदिएछ र प्रहरीले मुयाना नगर्दै लाश न उठाउँन भनेकोछ!उन्ले भने।त्यसकारणले उनिहरुले अहिले पोलिसलाई प्रखेर बसेका रैछन!भन्ने कुरा बुझियो।
केही बेर पछि एउटा एम्बुलेन्श आएर रोकियो त्यो साहेद प्रहरीले लिएर आएका थिए,उनिहरुले केही लेखा पढी गरेर त्यो एम्बुलेन्शमा राखेर सहर तिर लग्न थाले।एउटी बुढी आमाले दुई बर्षकी त्यो बच्चिलाई उचालेकी थिईन!उस्ले आफ्नो आमालाई हेर्दै रुन थाल्छे मानौ उनिहरुलाई मेरी आमालाई न लैजाव भन्दैछ जस्तो लाग्छ।त्यो सानि नानीको आमालाई प्रहरीले एम्बुलेन्शमा राखेर हिँडाले।मैले त्यो एम्बुलेन्शित हेर्दै गुन गुनाए!आखिर जिउँदैमा यो एम्बुलेन्श आएको भय यो महिला बाँच्थिन होली।कस्तो समाजहो जुन बेला महिलाहरु लाई स्यार सुसारको आबस्याकता हुँन्छ छाउ गोठमा पठाउँछन अनि अकालमा यि महिलाको मृत्यु भयो।मृत्यु पछि बल्ल पोलिस अनि एम्बुलेन्श र यो सारा गाउँ जुट्यो।यही सोँच्दै म आफ्नो गन्तब्य तर्फ लागेँ।

चर्चामा

सम्बन्धित समाचार