शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बझाङको धुली मावि विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बन्द

बझाङको धुली मावि विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बन्द

  • बुधबार, फाल्गुन १२, २०७७
बझाङको धुली मावि विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बन्द

बझाङ–विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ। करिब एक हप्तादेखि विद्यार्थी र शिक्षकहरु एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो।

बिरामी विद्यार्थी र शिक्षकहरुमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहने जस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताए। विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकहरुमा यस्ता लक्षण देखिएका हुन्।

एक हप्तासम्म औषधी उपचार गर्दा पनि विरामी विद्यार्थी र शिक्षकलाई ठिक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार