शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • त्रिवेणी साना जलविद्युतमा लगाएकाे ताला खुल्याे

त्रिवेणी साना जलविद्युतमा लगाएकाे ताला खुल्याे

  • आइतवार, फाल्गुन ९, २०७७
त्रिवेणी साना जलविद्युतमा लगाएकाे ताला खुल्याे

बाजुरा — नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा लगाएकाे ताला खुलेकाे छ । अाईतबार नेकपा निकट अाेली समूहका विद्यार्थी र युवाले त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला लगाउनु गलत भएकाे निश्कर्ष निकालेपछि ताला खुलेकाे हाे । त्रिवेणी कार्यालयमा एकाएक तालाबन्दी गरेपछि कार्यालय प्रमुख दयाराम पंडित र एकजना प्रहरी हवल्दार सहित ५ घण्टा थुनिएका थिए ।

मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै युवा संघ र अनेरास्ववीयुका विद्यार्थीले नेपाल विद्युत प्राधिकरणकाे कार्यालय र त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला बन्दी गरेका थिए ।  नेपाल विद्युत प्राधिकरणमा लगाएकाे ताला भने राष्ट्रिय प्रशारण लाईन सुचारु भई नियमित विधुत नअाउन्जेल प्राधिकरणमा लगाएको ताला नखुलाउने अनेरास्ववियुले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार