बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपा ओली गुटका युवा र विद्यार्थीले गरे विद्युत कार्यालयमा तालाबन्दी

नेकपा ओली गुटका युवा र विद्यार्थीले गरे विद्युत कार्यालयमा तालाबन्दी

  • आइतवार, फाल्गुन ९, २०७७
नेकपा ओली गुटका युवा र विद्यार्थीले गरे विद्युत कार्यालयमा तालाबन्दी

बाजुरा — नेकपा ओली समुह निकट युवा संघ नेपाल र अनेरास्ववियुका युवा विद्यार्थीले नेपाल विद्युत प्राधिकरण बाजुरा शाखा र त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी गरेका छन् । सदरमुकाम मार्तडीमा सर्वसाधारण जनतालाई विद्युत उपभाेग गर्न नदिएकाे भन्दै उनिहरूले विद्युत कार्यालयमा ताला बन्दी गरेका हुन् । अाईतबार नेकपा ओली समुह निकटका युवा र विद्यार्थीले मार्तडीमा विद्युत नियमित गर भन्दै अान्दाेलन समेत गरेका थिए । कार्यालयमा लगाएकाे ताला मार्तडीमा विद्युत नियमित नहुन्जेल सम्म नखुलाउने अनेरास्ववियु बाजुराले जनाएको छ ।

  विद्युत सेवा नियमित नभएको र सेवाग्राहीबाट महसुल उठाउने विद्युत  नआउने भएपछि  कार्यालयमा ताला लगाएको उनीहरुले बताएका छन् । विद्युतको मेसिन खराबी आएको र अन्य बाहना बनाउदै सेवाग्राहीले नियिमत रुपमा बत्ती बाल्न नपाएको भन्दै युवा संघ र अनगेरास्ववियुका विद्यार्थीहरुले ताला लगाएको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार