बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • कार्यालय प्रमुख र प्रहरी भित्रै थुनिए, बाहिर तालाबन्दी

कार्यालय प्रमुख र प्रहरी भित्रै थुनिए, बाहिर तालाबन्दी

  • आइतवार, फाल्गुन ९, २०७७
कार्यालय प्रमुख र प्रहरी  भित्रै थुनिए, बाहिर तालाबन्दी

बाजुरा —  मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै केपी समुहका युवा संघ र अनेरास्ववीयुका विद्यार्थीले विद्युत कार्यालयमा ताला वन्दी गरेपछि त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डित र एकजना प्रहरी हवल्दार भित्रै थुनिएका छन् । नेकपा बाजुरा ओली समुह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी गर्दै कार्यालय प्रमुख दयाराम पण्डितले फेशबुकमा स्टाटस लेख्दै भित्रै थुनिएकाे बताएका छन ।
आईतबार केपी समुहका अनेरास्ववियु र युवा संघका युवाहरुले त्रिवेणी साना जलविद्युत केन्द्रमा तालावन्दी गर्दा कार्यालय बाहिर सुरक्षार्थ खटिएका नेपाल प्रहरी र शसत्र प्रहरीहरु भने मुखदर्शक बनेका थिए ।

चर्चामा

सम्बन्धित समाचार