बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • समान अधिकार-लघुकथा

समान अधिकार-लघुकथा

  • शुक्रबार, फाल्गुन ७, २०७७
समान अधिकार-लघुकथा

महिँला हिँशा बन्द गर!महिलाहरु लाई समान अधिकारको ज्ञारन्टी गर!छोरा-छोरी बराबर सम्पती चराचर!हात मा प्ले काड उचालेर धुम्सि नारा लगाउँदै थी,उस्को आँङमा ठाउँ-ठाउँ टालेको सलवार कुर्ता थियो।
राता -राता झण्डा उचालेका मानौँ यो बेला समान अधिकार थियो,महिँला पुरुष भन्दा पनि धेरै थिए बिहान भान्शा गरेपछि स्कुलको नजिकै एउटा चौरमा पुरुष अनि महिलाहरु जम्मा हुँदै थिए।धुम्शि भर्खर चौध बर्षकी बालखनै थिई।आफ्नो आमाँ सँग दुध पछि आएकी हो,आमाले पुरानो लोग्ने लाई छाडेर दुई बर्षकी छोरी लाई सँगै लिएर आएकिहो।फुनी अति राम्रि थी देख्नमा उस्को लोग्ने पनि उत्तिकै राम्रो थियो तर कुन्नि किन फुनिको बुद्धी आएनछ उस्लाई छाडेर यो झिल्के सँग पोईल आई।पहिले-पहिले त झिल्केले त्यो छोरीलाई खुब राम्रो गय्रो तर पछि उस्को छोरा जन्मिए पछि धुम्सिलाई कमैयाँ राखेको जस्तै गराउँन थाल्यो।त्यो मात्रै होईन झिल्के ले कहिले काँहि कुटपिट पनि गर्ने, र पेट भरी खाना पनि नदिने गर्न थाल्यो।झिल्केको ब्यबहार लाई फुनीले पनि महेशुर्ष गरेकी थि तर के गरुश झिल्के सँग उस्को बोल्ने हिम्मतनै हुँदैन थ्यो।
आज यँहा जुलुसमा आएकी धुम्सिलाई डेरा आखाँले नियाल्दै थियो।धुम्सिले भैँशी पनि लिएर चौरमा छोडेकी थिई,उ ग्वालानै हो।तर जुलुशको कार्याक्रम देखेपछि उस्लाई पनि रमाईलो लाग्यो।उस्लाई न त स्कुलमा पढ्ने मौका मिल्यो न कुनै काम नै सिकाए।दुई-चार बर्ष राम्रो गर्यो तर पछि हेला गर्न थाल्यो।काम पनि सबै गर्थि घाँस दाउरा मोल सत्तर सबै काम मा आमाको हात बटाउँथि।अब उस्लाई अहेशास हुँन थालेको थियो वास्तबमा उ झिल्केकि छोरी होईन भन्ने कुरा तर के गर्ने?आफै कुनै फैसला गर्न सक्ने भै सकेकि थिईन।झिल्के ले उस्लाई कतै पोईल लगाई दिने सुरमा थियो तर कसैले पैसा दिए पछि उस्लाई बेच्ने मौकामा थियो।
बाउका राता-राता आँखाले नियालेको देखेपछि धुम्सि कार्याक्रमको बिचैमा उठेर भैँशिलाई घर तिर लिएर जान्छे।झिल्केले आफ्नो स्वश्निलाई भने सभा जुलुश कतै जान दिदैन थ्यो।आफु भने कार्याक्रममा हिँढ्थ्यो तर झारा टाल्न हिँडेको झैँ थियो। धुम्सि किन गएकी तँ त्यँहा ग्वाला गयको मान्छे?भन्दै मारे धम्कायो!धुम्सि केहि बोलीन उस्ले आमा सँगै केहि पिस्न थालेकी।तिमि आमा छोरी अलि बिग्रिन थालेकाछौँ मैले देखि रहेकोछुँ,अलि हौश गर है!फुनी भन्दै झिल्के घरबाट भाईर निस्किन्छ। आमा मेरा बाबा काँ छन?मलाई भन्देउन!धुम्सिले आमा सँग बिन्ति गर्छे।खै मर्यो होला जिउँदा भा त कतै गोज खबर गर्दो होला!फुनिले निदार चाउरी पार्दै रिस पोख्छे।
आमा मलाई आफ्नो बाबा को ठेकाना देउन म मेरा बाबा सँग बस्छु गयर,आखिर आफ्नो छोरीको कसोगरी मायाँ लागौन बाबा लाई!धुम्सिले करोणा भरी स्वरमा आमा सँग बिन्ति बिशाई।फुनी केही बोलिन,दुबैले मकै को आटो पिस्दै थिए। धुम्सि आफ्नो आमा फुनी जस्तै शुन्दर थि भर्खर चौध बर्षकी धुम्सिलाई कुनै राम्रो केटा ले बिहे गरे हुँन्थ्यो भन्ने तिर थि फुनी तर झिल्के भने उस्लाई कतै बेच्न पाए अहिले सम्म खाएको लगाएको असुल गर्ने बाटो हेरेको थियो।
मकै पिसेर सकियो आमाले आटो बनाउँन थालिन धुम्सिले भैँसिलाई घाँस पात गर्न थालेकी थि।झिल्के एउटा केटालाई लिएर घरमा टुप्लुक्कै आई पुग्यो।झिल्केले दिनौ साँझमा कसैन कसैलाई लिएरै आउँथ्यो,अनि एक बोतल रक्सिपनि सँगै लिएर आएको थियो।
धुम्सि काँ गई?उ भित्र पस्दा साथ सोध्यो।भैँशी लाई घाँसपात गर्न गयकीछ,किन र?मलाई भन!फुनिले भन्छे।छिट्टै यो बनाई देउ-उस्ले गोजा बाट कुखुराका फुल निकालेर दिन्छ।फुनिले त्यो पकाएर टकार्छे अनि दुईटाले रक्सि सँग अन्डाको अम्लेट खान्छन।धुम्सि भित्र आउँछे।झिल्के सँग आएको अजनविले उस्लाई खुबै नियाल्छ।झिल्के र उस्ले कुन्नि के गनगन गर्छन।आखिर झिल्केको यो नौला कुरा थिएन प्रया उस्ले दिन दिनै कुनैन कुनै ब्याक्तिलाई लिएरै आउँ थ्यो। अलि बेर पछि त्यो ब्याक्ति जान झिल्के सँग बिदा माग्दै उठ्छ।
हौश कुरा तिनै हुँन है नबिर्षनु होला भन्दै उ भाईर निस्किन्छ! झिल्केले हौश भन्दै उस्लाई बाहिर सम्म छोड्न उस्को पछि लाग्छ।त्यो अधेढ उम्रेको ब्याक्ति सँग भाईर एकान्तमा केहि लेन देन पनि भयको थियो।घरमा कसैलाई थाहा थिएन तर कौसिमा बसेको महेशले उनिहरुको कुरा सुनेको थियो।महेश झिल्के र फुनिको छोरा हो उस्ले आफ्नो दिदि धुम्सिलाई आफ्नो बाबाले बेच्दैछ भन्ने कुरा थाहा भयो।
आमाको कानमा छोराले भनदिन्छ त्यो सुनेर फुनी असमञ्जमा पर्छे तर पनि आफुलाई समाल्दै।त्यो दिन केहि भन्दैन।झिल्के लाई नसा चडेको थियो त्यो खाना खाएर सुत्छ।
धुम्सि र आमा सँगै सुत्छन तर आमालाई कत्ति निन्द्रा लाग्दैन!धुम्सि तिमिले आफ्नो बाबाको ठेकाना सोधेकी थ्यो नी !मलाई पत्ता लाग्यो तिमि जान्छौ?हँ आमा जानस त लागेकोछ तर हजूरलाई छाड्ने मन लाग्दैन!धुम्सिले भन्छे।अब छोड्नै पर्छ एक न एक दिन त छोड्नेनै हो नी? फुनिले भन्छे।बिहानै जाउँ फेरी यँहा नआए फर्केर भन्दै झिल्केको उदेश्य बारे सबै बताउँदै अह्राउँछे।एउटा कागजमा गाउँको नाम र उस्को नाम लेखेर दिन्छे।साथै एउटा छिठी पनि!दिन भन्छे। “कुन मुखले भनु तर भन्नै पर्ने भयो,मलाई माफ गरे म बाट जानि नजानी ठुलो भुल भयो जस्को सजाए मैले काट्दै छुँ तर हाम्रि छोरीले समेत हाम्रो गलतिको सजाए भोगेकीछ।
कृपया गरेर अहिले सम्म यसलाई लागेका घाउमा मलम लगाई दिनु।” उस्को त्यो चिट्ठि लिएर धुम्सि प्रेम का घरमा पुग्छे।प्रेमले उस्लाई देखेर अलि बेर नियाल्छ तर उस्लाई चिन्नमा कत्ति ढिलो गर्दैन धुम्सि फुनी जस्तै थि। उस्लाई आफ्नो अगाँलोमा हाल्छ।उस्लाई आज सित्तल भयको थियो।प्रेमको एउटा सानो छोरा थियो।फुनि लाई उस्ले असाध्य मायाँ गर्थ्यो तर उ बिदेशमा बसेकोले फुनि घरछाडेर गईछ तरपनि उस्ले फुनिलाई फर्काउँने कोसिश गर्यो आफ्नि छोरी दिन आग्रा गय्रो उस्ले दिईन।घरका सबैले जिद गरेपछि बिहे गरेर एउटा चार बर्षको छोरा थियो।
प्रेमका दुईजनाले छोरी आएपछि परिवार नियोजन गर्छन।अनि आफ्नो सम्पति छोरा र त्यो छोरीको नाम गराई दिन्छन।घरमा मास्टर बोलाएर धुम्सिलाई पढाउँने कोसिश गर्छन। अब त्यो झिल्के जस्ता खराब मान्छे बाट टाडा आएर धुम्सिले आफुलाई बल्ल शुरक्षित महेशुर्ष गर्छे।

चर्चामा

सम्बन्धित समाचार