बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • १० वर्षअघि चार हजारमा किनेको पिज्जाको मूल्य ५२ अर्ब पुगेपछि…

१० वर्षअघि चार हजारमा किनेको पिज्जाको मूल्य ५२ अर्ब पुगेपछि…

  • बिहिबार, फाल्गुन ६, २०७७
१० वर्षअघि चार हजारमा किनेको पिज्जाको मूल्य ५२ अर्ब पुगेपछि…

क्रिप्टोकरेन्सी विटक्वाइन झण्डै एक दशक अगाडि अस्तित्वमा आएको हो । सायद त्यतिबेला बिटक्वाइन यतिधेरै अमूल्य बन्छ भन्ने कसैले कल्पना पनि गरेका थिएनन् । बिटक्वाइनको अमूल्यपना देखेरै होला टेस्ला कम्पनीका संस्थापक एलन मस्कले पनि बिटक्वाइनमा दशौँ लाख डलर लगानी गरेका छन् । तर जुन समयमा बिटक्वाइनको सुरुवात भएको थियो त्यतिबेलादेखि अहिलेसम्म बिटक्वाइनमा ठूलो परिवर्तन भएको छ ।

अहिले बिटक्वाइनको मूल्य जबरजस्त बढेर एक बिटक्वाइन बराबर ४५ हजार अमेरिकी डलर भन्दा माथि पुगेको छ । अहिले यस्तो अचाक्ली मूल्य बढेको बिटक्वाइनको मूल्य १० वर्षअघि यति कम थियो कि केवल २ वटा पिज्जा खरीद गर्नका लागि १० हजार बिटक्वाइन तिर्नु पर्दथ्यो । त्यतिबेला १० हजार बिटक्वाइन भनेको केवल ३० अमेरिकी डलर थियो । सन् २०१० मा जम्मा २ वटा पिज्जा किन्न पुग्ने १० हजार बिटक्वाइनको मूल्य अहिले ५२ अर्ब रुपैयाँ पुगेको छ ।

२०१० मा एक बिटक्वाइन बराबर ०.०००३ अमेरिकी डलर थियो । त्यसैले सन् २०१० मा अमेरिकाका ल्याजलो नामक एक व्यक्तिले पापा जोनबाट दुई वटा ठूलो आकारका पिज्जा खरीद गरे । उनले पहिलोपटक बिटक्वाइनबाट कुनै सामान खरीद गरेका थिए ।

उनले त्यतिबेला उक्त पिज्जाका लागि तिरेको केवल ३० डलर अर्थात् ४ हजार रुपैयाँको अहिलेको मूल्य ५२ अर्ब पुग्ने कुरा सायद कल्पनाभन्दा बाहिरको कुरा हो । सायद आज बिटक्वाइनको मूल्य यतिधेरै हुन्छ भन्ने कल्पना मात्रैपनि गर्न सकेको भए उनले फगत २ पिज्जाका लागि १० हजार बिटक्वाइन खर्च गर्दैनथे होलान् । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार