शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अदुवा हालेको चियाको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक

अदुवा हालेको चियाको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक

  • सोमवार, फाल्गुन ३, २०७७
अदुवा हालेको चियाको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक

एजेन्सी — अदुवा हालेको चिया लोकप्रिय छ । चिसो मौसममा धेरैजसो मानिसहरु अदुवा हालेको चिया पिउन मन पराउँछन् । तर अत्यधिक अदुवा हालेको चिया पिउँदा स्वास्थ्यका लागि नोक्सान पनि पुर्याउँन सक्छ ।

पखाला- अदुवा हालेको चिया अत्यधिक पिउँदा पखाला लाग्ने खतरा बढ्छ । अदुवाले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र बेचैनी पैदा गराउँछ ।

उच्च रक्तचाप- जो व्यक्तिमा उच्च रक्तचापको समस्या छ त्यस्ता व्यक्तिहरुले अदुवा हालेको चिया पिउनु फाइदाजनक हुन्छ । तर जो व्यक्तिको रक्तचाप सामान्य छ ती व्यक्तिका लागि अदुवा हालेको चियाले खासै फाइदा पुर्याउँदैन । यसको सेवनले चक्कर लाग्ने र कमजोरी हुने गर्छ ।

कपाल- अत्यधिक अदुवा हालेको चिया पिउँदा कपाल झर्ने समस्या पैदा हुन्छ । अदुवामा हुने जिन्जरोल नामक तत्वले कपाल बढ्न रोक्न सक्छ ।

जलन- अदुवा हालेको चिया पिउँदा शरीरमा जलन उत्पन्न हुन्छ । अदुवामा हुने जिन्जरोलले पेटमा धेरै एसिड पैदा गर्छ र जलन पैदा हुन्छ ।

निन्द्रा- अदुवाको चियाले निन्द्रामा समस्या उत्पन्न हुन्छ । अदुवा हालेको चिया सुत्नुअघि पिउनु हुँदैन ।

चर्चामा

सम्बन्धित समाचार