बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • श्रीमानले महिलाका जति पनि तस्बिर लाइक गरेका थिए, श्रीमतीले ती सबै प्रिन्ट गरेर दिइन् भ्यालेन्टाइन गिफ्ट

श्रीमानले महिलाका जति पनि तस्बिर लाइक गरेका थिए, श्रीमतीले ती सबै प्रिन्ट गरेर दिइन् भ्यालेन्टाइन गिफ्ट

  • सोमवार, फाल्गुन ३, २०७७
श्रीमानले महिलाका जति पनि तस्बिर लाइक गरेका थिए, श्रीमतीले ती सबै प्रिन्ट गरेर दिइन् भ्यालेन्टाइन गिफ्ट

एक महिलाको भिडियो सोसल मिडियामा भाइरल भएको छ । ती महिलाले आफ्ना श्रीमानलाई भ्यालेन्टाइन्स डेको मौकामा निकै अचम्मको उपहार दिइन् । खासमा ती महिलाले आफ्ना श्रीमानलाई ती सबै महिलाको तस्बिर प्रिन्ट गरेर उपहारको रुपमा दिइन् जुन फोटोलाई श्रीमानले इन्स्टाग्राममा लाइक गरेका थिए । त्यसपछि महिलाले सोसल मिडियामा भिडियो पनि पोस्ट गरिन् ।

डेली मेलमा प्रकाशित एक खबरका अनुसार ग्लोरिया नामकी टिकटक प्रयोगकर्ता अमेरिकामा बस्छिन् । उनले श्रीमानलाई दिएको उपहारको भिडियो पोस्ट गर्दै क्याप्सनमा लेखिन्, ‘तपाईंले श्रीमान्–प्रेमीलाई भ्यालेन्टाइन्स डेको दिन के उपहार दिनुभयो ?’ यो भिडियालाई एकैदिन एक करोड ३८ लाखभन्दा बढीले हेरिसकेका छन् ।

ग्लेरियाले सुरुमा ती सबै महिलाको तस्बिर इन्स्टाग्राबाट डाउनलोड गरिन् र त्यसपछि ती प्रिन्ट गरिन् । त्यसपछि फोटोलाई एउटा लठ्ठीमा टाँसेर

भ्यालेन्टाइन्स डेको उपहारको रुपमा श्रीमानलाई दिइन् । ग्लोरियाले लेखिन्, ‘जो पनि आफ्ना पार्टनरलाई उपहार दिनेबारे कुरा गरिरहेको छ । म पनि आफ्नो ‘क्यूट लिटल बक्स’ देखाउँछु । ’ सोसल मिडियामा धेरै मानिसहरुले ग्लोरियाको तारिफ गरेका छन् र कतिले त प्रश्न पनि उठाएका छन् ।

एक सोसल मिडिया प्रयोगकर्ताले ग्लोरियाको भिडियोमाथि कमेन्ट गर्दै लेखे, ‘तपाईंले श्रीमानको प्रतिक्रिया पनि पोस्ट गर्नुपर्छ । ’ यस्तै अर्काले लेखेका छन्, ‘यो श्रीमानलाई पक्कै पनि मनपर्यो होला ।’

यस्तै अर्का एक व्यक्तिले कमेन्टमा भने, ‘के एक श्रीमानले अन्य महिलाको तस्बिरमा लाइक गर्न सक्दैन । म एक्लो छु, यसैमा राम्रो छ ।’ पछि ग्लोरियाले श्रीमानको प्रतिक्रियाको भिडियो पनि सेयर गरिन् ।

चर्चामा

सम्बन्धित समाचार