बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • उपचारका क्रममा वडाध्यक्षको निधन

उपचारका क्रममा वडाध्यक्षको निधन

  • बिहिबार, माघ २२, २०७७
उपचारका क्रममा वडाध्यक्षको निधन

चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो ।

लामो समयदेखि कलेजो पीडित भएका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताइन् । उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिइन् । रानामगरको श्रीमती र एक छोरी छन् । उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार