शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • यो देश भित्र क्रन्तिको उफान हुनुपर्छ

यो देश भित्र क्रन्तिको उफान हुनुपर्छ

  • मङ्लबार, माघ २०, २०७७
यो देश भित्र क्रन्तिको उफान हुनुपर्छ

छिट्टै यो समस्याको निदान हुनुपर्छ,
देश भित्र बिकाश धुनधान हुनुपर्छ।

आपसमा लडेका छौ दुश्मन हसौन,
थोरै अनुसाशनको पहिचान हुनुपर्छ।

चुनाव गराएर मात्र समस्या हल हुँन्न,
मेत्रिपुर्णा ब्यबहारनै सम्मान हुनुपर्छ।

गर संसद बहालि र संघियता खारेज,
बिकाशको लागी यही परान हुनुपर्छ।

चुनाव थोपेपछि झन समस्या जन्म्यो,
यो नबुझ्ने अबुझ वा अन्जान हुनुपर्छ।

हिमाल पहाड तराई देशको नेता पनि,
साँच्चै नै महान र देशकै शान हुनुपर्छ।

विक्लपमा केही छभने सेतेलाई सोध,
यो देश भित्र क्रन्तिको उफान हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार