बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • वामदेवको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम

वामदेवको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम

  • बुधबार, माघ १४, २०७७
वामदेवको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम

काठमाडौं — नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु भएको छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी अभियानको घोषणा कार्यक्रम सुरु गरिएको हो । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त भएका बेला गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका हुन् ।
कार्यक्रम सहभागीलाई नेकपा एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ । अवधारणापत्रमा पार्टी एकताको कारण अध्यक्षद्वय बीचको अविश्वासलाई चित्रित गरिएको छ । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा गरिएको छ । तर उनीहरू कार्यक्रममा उपस्थित भएका छैनन् ।

 

https://fb.watch/3gLUjr2XnZ/

चर्चामा

सम्बन्धित समाचार