शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा मतदाता नामावली अद्यावधिक सम्बन्धी सराेकारवाला संग छलफल

बाजुरामा मतदाता नामावली अद्यावधिक सम्बन्धी सराेकारवाला संग छलफल

  • मङ्लबार, माघ १३, २०७७
बाजुरामा मतदाता नामावली अद्यावधिक सम्बन्धी सराेकारवाला संग छलफल

बाजुरा — बाजुरा जिल्लामा निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्नका लागि र सुचना प्रबाहका लागि जिल्ला निर्बाचान कार्यालय बाजुराले सराेकारवालाख संग छलफल कार्यक्रम सम्पन्न गरेकाे छ । जिल्ला सदरमुकाम मातर्डीमा साे कार्यक्रम सम्पन्न भएकाे जिल्ला निर्बाचन कार्यालय बाजुराका प्रमुख राजेश भट्टराइले बताएका छन ।
जिल्ला निर्बाचन कार्यालय बाजुराका प्रमुख राजेश भट्टराइका अनुसार निर्वाचनका लागि सुरूका चरणमा गर्नुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न आयोगले दिएकाे कार्यतालिका बमाेजिम कार्यहरूकाे थालनी भएकाे कार्यक्रममा उनले बताए ।

No description available.

सरकारले प्रतिनिधि सभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेको र साेही बमाेजिम जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली संकलन स्थगित गरी अध्यवधिककाे कार्य अगाडी बढिरहेकाे साे छलफलमा बताएका छन ।

मतदाता नामावाली अद्यावधिक गर्नका लागि स्थानिय  ९ आेटै स्थानिय तहका केन्द्रलाइ आधार मानी  स्थानिय तहमा ७ दिन २०७७ माघ १५ गते देखी २१ गते सम्म र जिल्लामा १२ दिन २०७७ माघ १५ देखी २६ गते सम्म अध्यवधिक कार्यक्रम संचालन गरिने बताएका छन । अध्यवधिक गर्ने क्रममा बसाइ सराइ गरेर अर्काे ठाउँ गएका त्रुटी सलच्याउन साे समय दिएकाे निर्बाचन कार्यालय बाजुराले जनाएकाे छ ।

त्यसै गरी बडिमालिका नगरपालिकाले पनी निर्बाचन सम्बन्धी कार्यहरूकाे थालनी गर्न बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालकाे संयाेजकत्वमा समिति गठन गरीएकाे बडिमालिका नगरपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार