बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाइकल दुर्घटना, चालकको अवस्था गम्भीर

मोटरसाइकल दुर्घटना, चालकको अवस्था गम्भीर

  • सोमवार, माघ १२, २०७७
मोटरसाइकल दुर्घटना, चालकको अवस्था गम्भीर

बझाङमा मोटरसाइकल दुर्घटना भएको छ । आइतबार बेलुकी जिल्लाको बुङ्गल नगरपालिका ३ को गुगल बागथला कच्ची सडकखण्डमा से १ ब ११२५ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

चालक बुङ्गल नगरपालिका १ दहबगरका ३३ वर्षीय शिवराज जोशीको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बागथलाबाट गुगलतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । मोटरसाइकल सडकभन्दा २ मिटर तल र चालक जोशी भीरबाट २ सय मिटर तल खसेका थिए ।

उनको प्राथमिक स्वास्थ्य चौकी खिरातडीमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि माया मेट्रो अस्पताल धनगढी ल्याइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार