आइतवार, बैशाख २६, २०७८
  • होमपेज
  • समाचार
  • निर्वाचन आयोगले नेकपा विभाजनलाई दिएन मान्यता

निर्वाचन आयोगले नेकपा विभाजनलाई दिएन मान्यता

  • सोमवार, माघ १२, २०७७
निर्वाचन आयोगले नेकपा विभाजनलाई दिएन मान्यता

काठमाडौं — निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुबै समूहको मागदावीलाई अस्वीकार गरेको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको मागदाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको हो ।

नेकपाको प्रचण्ड माधव नेपाल र केपी ओली पक्षले गरेका निर्णयलाई मान्यता नदिने निर्णय आयोगको छ ।दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएको आयोगले ठहर पनि गरेको छ ।

प्रचण्ड माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको जिम्मेवारी खोसेर प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । केन्द्रदेखि प्रदेश प्रदाधिकारीमा दुबै पक्षले एक अर्कालाई कारबाही गरिरहेको छ ।

नेकपाका दुवै पक्षबाट दल विभाजको विवरण नभई ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विवरणका विषयमा आयोगलाई जानकारी दिएका थिए ।

नेकपाको दुवै पक्षबीच दलको नाम, विधान, झण्डा वा चिन्ह, दलको पदिधकारी, केन्द्रीय समिति वा निर्णयको आधिकारिकताका विषयमा विवाद छ। तर आयोगले अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाको नेतृत्वमा कायम जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपामा विभाजन देखिएको थियो । प्रचण्ड(माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो । यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार