शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • सुःखको खोजी-लघु कथा!

सुःखको खोजी-लघु कथा!

  • आइतवार, माघ ११, २०७७
सुःखको खोजी-लघु कथा!

बिर्खे!अलि छिट छिट्टै तोरी छिनेर घरमा आउँदा एक-एक भारी आँटीको पराल लिएर घरको आगनमा राख्नु है!घले साहुले बिर्खेलाई आदेश दिन्छ।तोरी गोड्न केहि निमेकमा महिला हरु लगाएको थियो।सँगै भावना लाई पनि तोरी गोड्न ल्याएको थियो।
दिउस भरी तोरी गोडेर थाकेको ज्यान अहिले फिरी पराल बोकेर घरमा पुराईदिने आदेश भएनुसार सबैले सक्या सम्मका परालका भारी बोकेर घरको आगनिमा राखेर आ-आफ्नो गन्तब्य तर्फ लाग्छन।साँज झम्मक्कै परेको थियो बिस्तारै चिसो सोरेटाले गर्दा जाडो बढेको भान हुँन्थ्यो।अरु सबै गयपनि भावना त्यँहि ठिङ्ग उभिएकी थीई।उस्ले आफ्नो लोग्ने बिर्खेको बाटो कुरेर उ आउँने तिरै एककोहोरो हेरीरहेकी थी।घले भाईर पेटीमा बसेर उतै हेर्दै थियो।उस्ले पछाडि बाट भावनालाई पैताला देखी कपाल सम्म नियाल्दै थियो।भावनाले भने उस्लाई देखेकी थिन उस्को ध्यान आफ्नो लोग्ने तिरै थियो।को हो?त्यँहा उभिएको!घलेको रुखो स्वरले उ झसिङ्गी,जी हजूर म म भावना हुँ!भन्दै घले तिर फर्की।घलेले आँखाका परेली पनि झम्काउँन बिर्शेर ट्वाल्ल परेर भावनालाई नियाल्यो। शुन्दर गोल अनुहार भयकी ईस्ट पुष्ट बैँशालु महिला लाई देखे पछि उस्को होशनै उड्यो। उस्ले यति शुन्दर स्त्रि कहिलेई नदेखेको जस्तै खुब हेरिरह्यो।
काखिको नजीकै बाट फाटेको चोली तिर बाट आफ्ना कुदृष्टी प्रबिष्ट गर्दै थियो कि कतिबेला बिर्खे परालको भारी बिसाएर नजिकै आयो पत्तै पाएन।साहु जी पराल ल्याईम अब हामि लाग्छम भनेपछि बल्ल उस्को नजर बिर्खे तिर पुग्यो।हो ल्यायौँ ?यिनि को हुँनत? साहुजी यही त हो मेरी जहान!भन्दै बिर्खेले भावना तिर सिकाउँछ।’यति राम्रि दुली कँहा बाट भेटायो यो मुर्दारले’उस्ले मनमनै सोँच्छ।यह हो ला ला ठिकैछ भोली फेरी ल्याएस यस्लाई पनि!भन्दै गोजा बाट केहि दाम निकालेर हातमा थमाउँछ।हौश साहु जी रात पय्रो हामि हिँड्यौ है !भन्दै बिर्खे र भावना बाटा लाग्छन उस्ले अलिबेर उतै हेर्छ।आहा कति शुन्दर स्त्रि रैछ एक पटक यसलाई हात पार्न पाए जिन्दगी सप्रिन्थ्यो आफ्नो,भन्दै भित्र पस्छ।रातै भरी उस्लाई निद्रा परेन आखिर उस्ले कसरि भावना लाई हात पार्ने सोँचमानै रात बितायो।भोली पल्ट उनिहरुको त्यहि तोरी बारिमा भेट हुन्छ।
बिर्खे तँ कस्तो मान्छे होस!मान्छेका छोरा-छोरी बिदेश गएर मोजा सँग पैसा कमाएका छन।तिमिहरु यस्ता हट्टा कट्टा भयरपनि गाउँ छाड्दैनौँ।यँहा निमेक गरेर बसेपछि के हुँन्छ?घलेले प्रश्न गर्छ।कँहा जाने त साहु ज्यु बिना पैसा बिदेश न आफुले भाषा बुझिन्छ।न कुनै काम न पढेको आफ्नो त जिन्दगि यस्तै बित्छ हजूर!एउटी सानि छोरी पनिछ उस्लाई कस्ले हेर्छ!भनेर बिर्खे निराश हुँन्छ।ओहो दुबै जना किन जाने एक जना जानेनी एकजनाले नानि हेर्ने गरे हुँदैन?घलेले आफ्नो तोरीको औँछा बान्दै भन्छ।अहिले घले पहिलेको जस्तो साहुको जस्तो होईन उनिहरु सँग घुल मिल गर्ने मनसायमा थियो।उसको मनमा भावना प्रति कुनियत जागेको थियो।भावनालाई देखेपछि उस्मा धेरै बद्लाव देखिन्थ्यो। हेर बिर्खे मैले ता तिमिहरुको फाईदाको लागि भन्दै छुँ,बाँकि तिमिहरु आफै बुझ।दुई तिन बर्ष बिदेशमा बस्यौ भने सारा जिवन आर्काको निमेक गर्नु पर्दैन तिमिहरु लाई !भन्दै घलेले भावना तिर पिर्लुक्कै हेर्छ।साहु जी महिलाहरु पनि जान मिल्छर?यति बेर चुपचाप कुरा सुन्दै तोरी छिन्दै गरेकी भावनाले आफ्नो जवान खोल्छे!किन नमिल्ने महिला हरुलाई झन छिट्टै काम मिल्छ!घले मनैमनमा हर्षित भयको थियो।अहिले उस्को मनको कुरा भावनाले गरेकि थिई।मैले के काम गर्नु पर्छ उँहा गएपछि?भावनाले सोधी।त्यहि काम जो तिमिले आफ्नै घरमा गर्छिउ।त्यँहा गयपछि भान्शेनै हुँनेहो कामको चिन्तै नगर।तर साहु जी म सँग ता केहि पनि छैन न पासपोर्ट न कुनै डिग्रि न जाने किराया भाडा?भावना निराश हुन्छे।त्यो सबै चिजको लागि ढुक्क हौ सबै बन्दो बस्त मिलाई दिन्छु।किराया भाडा पनि कमाई गरेपछि दिनु हुन्न?भन्दै भावना तिर खिसिक्क हाश्छ।सबै परिपाटी गरिदिने घलेले आश्वासन दिन्छ।यो पुँजी प्रधान समाजमा सब थोक पैसानै भयकोले आफुले पनि पैसा कमाउँन पाए हुँन्थ्यो भन्ने कस्लाई लाग्दैन।आजको दिन कतिबेला सिध्धियो थाहानै भयन।हिँजो झैँ आजपनि सँझमा घर जान्छन।
भावना तिमि पनि के साँच्चै बिदेश जान्छौ त?किन नजाने यस्तो आफर पाएर पनि भन त बिरु?थोरै धनपैसा कमाउँन सक्यो भनी हाम्रो जस्तै दुखःछोरा छोरीले पाउँने छैनन्।भबिष्यको लागि केहि दिन हामिहरु एक्ला एक्लै बसौँला हुन्न जम्मा दुई तिन बर्षको कुरा त हो!भन्दै भावनाले बिर्खेलाई सम्झाउँछे।
उता घले साहुले दलाल सँग साँठ गाँठ गरि सकेकोछ। केहि दिनमै भावनाको पासपोर्ट अनि बिजा आउँछ र भावना परदेशको लागि रवाना हुँन्छे।तर उस्लाई मुब्बैको एउटा होटेलमा राख्छन।दलालहरुले एकले आर्को गरि दुई मैनामा कयौँ पल्ट बिक्रि हुँन्छे।घले साहुको जालमा परेर उनिहरुको घरनै बर्वात हुँन्छ।कसो गरेर उस्ले आफ्नो श्रिमान सँग सम्प्रक गर्छे र आफु दलालको खेलौना भयको कुरा सुनाउँदै आफुलाई निकाल्न भन्छे। बिर्खे घले साहु कँहा पुग्छ।साहु जी मेरो जहानलाई बचाई दिनु पय्रो भन्दै हात जोड्छ तर त्यो राक्षेशले उस्को श्रिमतिलाई बिक्रि गरि सकेको थियो।आनाकानि गर्छ र अहिले ल्याउँन मिल्दैन कम्तिमा दुई बर्ष पर्खिन भन्छ।उ दुबैमा अलपत्र परेकी थी।आर्को पटक उसलाई पिटेर फर्काउँछ।एउटा गरिब मान्छे आफ्नो श्रिमतिको रक्षा गर्न नसकेको महेशुर्ष गर्दै बिर्खेले आफ्नो जिवनलिला समाप्त गर्छ।उता उस्कि श्रमिति कयौँ पटक बलतकृत भयपर पनि कुनै मानववादी सँस्थाको सहयोगमा स्वदेश फर्किन त सफल हुँन्छे तर त्यो बेला धेरै अबेरा भै सकेको हुँन्छ।सुःखको खोजीमा नर्कको बास भयो यो शुन्दर गरिब परिवारको।
कहालि लाग्दो घटनाले देखाएकोछ।
(कथा का पात्रहरु स्थान नाम सबै काल्पनिक हुँन।कृपया कसैको नीजि जिवन सँग मेल खायो भने यस्लाई सञ्जोग मात्र सम्झिनु होल।)

चर्चामा

सम्बन्धित समाचार