शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै: ओलीलाई निष्कासन गर्ने तयारी

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै: ओलीलाई निष्कासन गर्ने तयारी

  • आइतवार, माघ ११, २०७७
प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै: ओलीलाई निष्कासन गर्ने तयारी
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि प्रचण्ड–माधव पक्ष त्यसको विरोधमा सडकमा रहेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ ।

प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले जानकारी दिए ।

‘पार्टीले ओलीलाई स्पस्टीकरण सोधेको थियो । तर उहाँले जवाफ दिनुभएन । त्यसकारण उहाँलाई पार्टीबाटै हटाउनुको विकल्प भएन’, स्रोतले रातोपाटीलाई भन्यो, ‘यसअघि अध्यक्षबाट मात्रै हटाइएको थियो अब पार्टीबाटै हटाइन्छ ।’

चर्चामा

सम्बन्धित समाचार