शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

  • शुक्रबार, माघ ९, २०७७
बदलिँदो राजनीतिक सस्कार जताततै भ्रष्टाचार र अशान्तीको घेरा

नेपाल मा पछिल्लो समय बदलिँदो राजनीतिक जुन दलपिक्षे एक आपस झगडा अनि मोड्मुटाब भैरएको छ । जुन ब्याक्ती शक्तिमा हाबि हुने दाउमा छन । राजनीतिक सिद्धान्त र बिचार मा भन्दा पनि शक्ति र पावर पछि नेता लगाएत कार्यकर्ता तछाड मछाड गरि हिडिरहेको देखिन्छ । यस्तो परिस्थितिले गर्दा जनता र कार्यकर्ता नेता बिच त्यति बिश्वास पनि घट्दै गएको छ । यस्तो परिपाटीले देशमा अशान्ति ,हिंसा ,दण्ड निमत्याउने गर्छ । राजनीतिक दलले गरेको यस्तो प्रभावले गर्दा जनता यसको विकल्प राजा हुन कि भन्ने महसुस गर्न थालिसके । जनताले लोकतन्त्र गणतन्त्र को लागि अमुल्य योगदान र बलिदान पनि दिइसकेको छ ।

नेपालमा राजनीतिक सस्कारले सासक मात्र जन्माएको हो भन्ने जनता मा भान भैसकेको छ । नेपाल मा बिकास छैन जुन अबिकसित अराजकता मात्र भएको देखिन्छ । र जताततै भ्रष्टाचार मौलाउदै गएको छ जुन एसिया कै एक नम्बर भ्रष्टाचारको देश बनेको छ । कार्यलय ,स्कुल ,स्वास्थ ,भौतिक संरचना , देखि रोड सम्म भ्रष्टाचार छ । अहिलेको सरकार भ्रष्टाचारमा लिप्त भै देश डुबाउन तत्तपर देखिन्छ । जब जनताले बिश्वासले दुईतिहाइ बहुमत देइएर सरकार मा पुगाएको थियो । काम गर्न नसकेर आफै पाटि अन्तर दण्डमा फसेको छ ।देशमा जनता भोग मरि ,बेरोजगारी ,राम्रोसँग एक छाक खान र बस्न पाएको छैन । प्रत्येक दिन नेपालि बिदेशीनु बाध्य छन । विद्यार्थीले पढ्न पाएको छैनन । निशुल्क शिक्षा भए पनि चरम शुल्क असुली गरि मनपरि ढंगले भ्रष्टाचार गरेका छ्न ।

नेपालमा संगियता ठिक छ भन्ने अबस्थामा छैनन किन कि संगीयता अभ्यास माई चुनौती खडा हुन थालिसकेको छ । यो नै सरकारले महसुस गाराउनु पर्ने हो । नेपाल मा भ्रष्टाचार कति छ कति छ भने त्यति नै काण्डैकाण्डले भरिएको छ । देश्को ढुकुटी केन्द्र देखि स्थानीय तह सम्म कार्यकर्ता पोसने काम नेपाल कम्युनिस्ट पाटि गरेको छ । यो कार्यले देश कहिलै उबोगति लाग्दैन । बिबादास्पद सरकार अहिले दुइ धुर्बिकरणमा फस्दै एक पक्ष धमाधम केन्द्र देखि जिल्ला नगरसम्म म्यादि केन्द्र सदस्य ,प्रदेश ,जिल्ला ,नगर सम्म ब्यस्त छ अर्को पक्ष रोडमा म यहाँ छु भन्दै हिड्दै छ । यो सरकार बाट जनताले के अपेक्षा गर्नु । भ्रष्टाचार कति छ भन्न खोज्नु पर्ने छैन कुनै एक पक्षले अर्को लाई सबै भ्रष्टाचार देखाई आफै खण्डन गरेको पाइन्छ ।

यो सरकार लाई धेरै संघ्याले चिन्छन जुन नालायक , अधिनायकवाद ,भ्रष्टाचारी ,देश द्रोहि , बलात्कार आदिले पक्ष र विपक्षले सम्बोधन गरेको हुन्छ । देश बिकासमा सिरियस हुनु पर्ने ठाउँमा कमिडिएन हासो ठट्टा को ममोजमा देशको प्रधानमन्त्री र मन्त्रीहरू छ्न । यसरी कसरि देशमा शान्ति हुनु । जताततै हिंसा , बलात्कार ,झगडा ,भ्रष्टाचारले देशमा शान्ति छैन । अशान्ति को घेरा जनता परेको महसुस भएको छ । जनता आतिएका छ्न देश कतातिर जादैछ भनेर । म जस्ता लाखौं युवाहरु बेरोजगार भै तत्पिएका छौ रोजगार खोज्दा नेकपा सरकार मा भएको पाटि का हुनु पर्ने रे! अनि त्यहि पनि प्रधानमन्त्री को गुट्को हुनु पर्ने रे ! त्यति मात्र कहाँ होर १० हजार भन्दा माथि घुस दिनु पर्ने रे ! अचम्म को नियम छ सरकार को । जनताले पठाई शिर्ष नेताको संसद जुन जनताको आवाज सुन्ने ठाउँ नै विघटन गरि देशको संविधान लाई लात मारि हुकुम जमाउने गरेको छ । यो कदापि सफल हुने छैन । नेपाल मा सबै दल मिलि देशको बिकास तिर जानु पर्ने देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार