बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धार्मिक
  • २०७७ साल माघ ७ गते बुधबारकाे राशिफल

२०७७ साल माघ ७ गते बुधबारकाे राशिफल

  • बुधबार, माघ ७, २०७७
२०७७ साल माघ ७ गते बुधबारकाे राशिफल

विसं. २०७७ साल माघ ०७ गते । बुधबार । ईश्वी सन् २०२१ जनवरी २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–सप्तमी, १६ घडी ४१ पला, दिउँसो ०१ बजेर ३७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रेवती, १६ घडी ०८ पला, दिउँसो ०१ बजेर २४ मिनेट उप्रान्त अश्विनी । योग–सिद्ध, ३३ घडी ५८ पला, बेलुकी ०८ बजेर ३२ मिनेट उप्रान्त साध्य । करण–वणिज, दिउँसो ०१ बजेर ३७ मिनेट उप्रान्त भद्रा, रातको ०२ बजेर ३९ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन, दिउँसो ०१ बजेर २४ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३३ मिनेट । दिनमान २६ घडी ३० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्नँ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट दिगो फाइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचानात्मक तथा कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुका साथै दाम्पत्य जीवन सुखी हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । तरपनि स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । विशेष गरी हाईड्रोपावर, पानी तथा औषधीसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । विद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइबाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्वपूर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै प्रगती पथमा अगाडि बढ्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमूलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्रा तय गर्न सकिनेछ भने यात्रासँग सम्बन्धित कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमूलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यकताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेको छ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ । भौतिक सम्पत्ति जुट्नुको साथै विलासी जीवन व्यतित गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् भने शत्रुलाई परास्त गर्ने उपाय फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यकताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई साईड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पmक्रिएर जानेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा सुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा वंश वृद्धिको गतिलो योग रहेको छ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनासहितको समर्थन प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्रा तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न आँट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला, छाती तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो संस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाइने ग्रहयोग रहेकोछ । दाजुभाइहरु सँगको सम्बन्धमा नयाँपनको विकास हुनेछ । छोटो दुरीको व्यावसायिक यात्रा तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने नयाँ व्यवसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

तपाईंको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार