बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • पोस्टपेड मोबाइलमा पनि टेलिकमको प्याक

पोस्टपेड मोबाइलमा पनि टेलिकमको प्याक

  • शनिबार, माघ ३, २०७७
पोस्टपेड मोबाइलमा पनि टेलिकमको प्याक

काठमाडौं —  नेपाल टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेन्टल शुल्क (रन्टल चार्ज) तिर्नुपर्ने हुन्छ । यसको अर्थ ग्राहकले थोरै रकमको सुविधा प्रयोग गरे पनि रेन्टलबापतको सो रकम तिर्नैपर्ने हुन्छ ।

कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकको हकमा भने यो रकम फरक हुनसक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पुरानै हो ।
जुन अहिले पनि कायम छ । यही रेन्टल चार्जबापतको रकमबाट पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ । पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकमा प्रयोगकर्ताको आकर्षण बढदै गएको छ । ग्राहकले प्याक प्रयोग गर्दा रेन्टल चार्जभन्दा छुट्टै रकम काटिन्छ ।

सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्जको रकममा खासै ध्यान दिइरहेका हुँदैनन् । सामान्यतः नेपाली महिनाको अन्तिममा अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल तयार हुन्छ ।
सो महिनामा रेन्टलभन्दा थोरै रकम प्रयोग गरेको भएपनि ३८३.०७ रुपैयाँ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौं, कुनै ग्राहकले महिनामा सय मात्र प्रयोग गरेको भएपनि ३८३.०७ नै काटिन्छ ।

यो प्याक प्रयोग गरी कम्पनीको नेटवर्कभित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डेटा चलाउन सकिन्छ यस्तो अवस्थामा आफ्नो २८३.०७ रुपैयाँ कता हरायो भनेर प्रयोगकर्ता झुक्किने गरेका छन् ।कम्पनीको जीएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिङ हुने गरेको थियो ।

तर हाल सस्तो दरका प्याक उपलब्ध भएपश्चात् धेरै ग्राहक अन्योलमा परिरहेका छन् । उदाहरणका लागि कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले २०० रुपैयाँको प्याक प्रयोग गरेको छ भने प्याक (भ्वाइस वा डेटा) बापतको २ सय रुपैयाँ र रेन्टल चार्जबापतको ३८३.०७ रुपैयाँ गरी ५८३.०७ रुपैयाँ तिर्नुपर्छ ।

मानौं १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम ४ सय रुपैयाँ थियो भने सो रकम काटिएर थप १८३.०७ तिर्नुपर्ने हुन्छ । पोस्टपेड ग्राहकको यही अन्योललाई सम्बोधन गर्न कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको छ । रेन्टल चार्जबापतको रकमबाट प्रयोगकर्ताले यो प्याक खरिद गर्नसक्छन् । यसबाट ग्राहक झुक्किने सम्भावनासमेत नरहने कम्पनीले जनाएको छ ।

यो प्याक प्रयोग गरी कम्पनीको नेटवर्कभित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डेटा चलाउन सकिन्छ । पोस्टपेड प्याक लिन पोस्टपेड मोबाइलबाट एसिट्रक १४१५ एस्ट्रिक ह्यास डायल गर्नुपर्ने हुन्छ । यसैगरी, एस्ट्रिक४०० ह्यास डायल गरी पोस्टपेड मोबाइल बिलको जानकारी लिन सकिन्छ । सेवा प्रयोग गरेबापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यु अमाउन्टका रूपमा देखिन्छ ।

यसमा देखिने अभाइलेबल क्रेडिट भने ग्राहकले जुनसुकै बेला जुनसुकै प्रयोजनका लागि उपयोग गर्न पाउने रकम हो । साथै सोही बिल कम्पनीको वेबसाइटमार्फत तथा कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि हेर्न सकिन्छ । यसैगरी, कम्पनीको एपबाट आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड अर्थात् युजेज हिस्ट्रीमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुन्छ ।

साथै रेन्टल चार्जसमेत उपयोग गर्न सकिने गरी पोस्टपेड प्याक उपलब्ध भएकाले कम्पनीको जीएसएम पोस्टपेड सेवा थप आकर्षक हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार