शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • शंघर्ष राष्ट्रियता र जनतन्त्रको हितमा हुँनु पर्छ

शंघर्ष राष्ट्रियता र जनतन्त्रको हितमा हुँनु पर्छ

  • शुक्रबार, माघ २, २०७७
शंघर्ष राष्ट्रियता र जनतन्त्रको हितमा हुँनु पर्छ

राजनीतिक पार्टीहरुले जुवाँको लडाई छाडेर राष्ट्र र गणतन्त्रको हितमा एकमना एकता बनाएर शंघर्ष गरौँ। देश संकटमा छ गणतन्त्र धरापमा पर्दै गयकोछ यो बेलामा यो देशका तमाम देशभक्त गणतन्त्रबादीहरुको क्रतब्य देशको रक्षा गर्ने र गणतन्त्रलाई जोगाउँनेनै हुँनु पर्छ।
तर हामि आफ्नो क्षाणिक स्वार्थमा हामिले आफुलाई बिर्शन थालेकाछौँ हाम्रो उदेश्य के हुँनु पर्नेहो हाम्रो जिम्मेवारी के हो?हामिले के गर्दा देशको गरिमालाई आँच आउँदैन र जनताको रगत सँग साटेको गणतन्त्र जोगिन्छ यता तिर हामि सबैको ध्यान जानु पर्ने हो।तर सबै राजनीति पार्टीहरुले आ-आफ्ना जुँवा तिखार्दा तिखार्दै गर्दा देश मा ठुलो संकट आईलाग्दैछ र गणतन्त्र पनि धरापमा पर्ने सम्भाबनाछ।
आज कथित हिन्दु धर्मको आडमा प्रतिगामि शक्तिले देशलाई क्यापचर गर्ने दाउँ ढुकेर बसेकोछ भने त्यहि हिन्दु धर्मकै आडमा छिमेकीले आफ्नो कटपुत्लि सरकारलाई स्थापित गर्ने भरजोर प्रयात्न गर्दैछ।सबै भन्दा पहिले देशमा चोर ढोका बाट ल्याईएको संघियताले देशलाई ठुलो संकटमा पार्दै आएकोछ।जाति र धर्मको आगो सल्काएर देशलाई सखाफ पार्ने दुश्मनको ठुलो शडयान्त्रको तहत देशमा आएको त्यो संघियताले आज देशलाई सात टुक्रामा बिभाजित गरेकोमात्रै छैन।देशलाई कहिले राजधानिको नाम मा लडाउँने र भुमाफिया हरुलाई भ्रष्टचारको छुट दिएकोछ।आर्को तिर आठौटा सरकार र नौवटा संसद धान्ने धन रासि जुटाउँने सरकारलाई हाम्मे हाम्मे भयकोछ।यसैको परिणाम देशमा बिभिन्न घरेलु बस्तुहरुमा कर लगाएर वा कयौँ करको मात्रा बढाएर त्यो खर्च बहन गर्दैछ।त्यतिलेमात्रै न पुगेर साम्राज्यावादी शक्ति संग वेमेल साईनो गास्ने,असमान सम्झौता गर्ने वा अनुदान लिने जस्ता ब्यबहार हुँदै आएकाछन।जो पछिल्लो दिनमा भित्रिएको एमसीसी मुद्धा तरोताजाछ।फुटाएर राज गर्ने जुन अंग्रेजि फर्मुलाहो,
भारतमा जब अंग्रेज जान थाल्यो त्यसले पहिले फुटाएर राज गर्ने नीति गरेको जस्तै पछि जाने बेला हिन्दु र मुश्लिम बिचमा देशलाई नै बिभाजन गराउँन सफल भयको थियो।मोहमद अलि जिन्नालाई उक्साएर सम्बिधान सभालाईनै टुक्रा पारेर अन्तिममा एउटा देश दुई टुक्रामा दबदिलल गरायो।त्यतिमात्र होईन देशलाई यस्तो रोगि बनाईदियो त्यो रोघ दुबै देशले ब्यहोर्दैछन।हिन्दुश्तान र पाकिस्तानले एउटै देशका मान्छेलाई लडाएर दुईटा टुक्रा बनाएपछि त्यहि एउटा टुक्राले आर्को देशका दुई टुक्रा पारेर छाड्यो पूर्वि पाकिस्थानलाई टुक्राएर सन१९७१मा बाँग्लादेश बनायो।तरपनि उनिहरुको लडाई अँझै रोकिएको छैन।
धर्म र जातिको आगो एक पल्ट लाग्यो भने सिति मिति बुझ्दैन भन्ने कुरा धर्म युद्धकोएउटा ईतिहाशले पनि पुष्टि गर्छ।ईसाईहरुले आफ्नो पबित्र स्थल जेरुसेलमलाई तुर्कहरुको उपनिवेशबाट मुक्त गर्न उनिहरुले करिब२००बर्ष सम्म गरेको युद्ध (धर्मयुद्ध)को नाम बाट चर्चितछ वा त्यसलाई “क्रुसेड”पनि भनिन्छ।सन१०९६देखि शुरु भएको त्यो युद्धमा३०हजार ईसाई मारिए।एक पटक त स्टेफन र निकोल्स नामक दुई बालकको नेतृत्वमा गएको केटा केटीको ३०र२०हजार को जुलुसमा गोलि चलाएर हजारौँ केटा केटिलाई मार्ने काम पनि भयो।यो बरब्रता त्यो धर्मयुद्धको नाममा भयको शंघर्षको परिणाम थियो।जातिय संघियता ले पनि ठुलो कष्ट उत्पन्न गरेर जनताको अकालमै मृत्यु गराएका कयौँ उधारणहरु भेट्टिन्छन।
जातिय लडाईमा नाईजेरियामा सन१९६३मा तिनौटा जातिय आधारका सँगहरु निर्माण भएको केहि दिनपछि चौथो जातिय राज्या गर्दै पछि ३६बटा भयकाछन।नाईजेरिया संसारकै गरिब मध्यको देश १५९वा पर्छ।सुडान तिन जातिय राज्या बाट सुरु भयो तर उस्को त्यो यात्रा पनि २६राज्यामा प्रबेश गरि बिखण्डनको संघारमा पुग्यो।यथियो पियाको तहश नहस को कारणपनिसंघियतानै थियो।
यसरी संघियताले देशलाई टुक्रा टुक्रा पारेर देशकोनै अस्तित्व सखाफ पार्न सक्छ।आखिर संघियता कस्तो बेला आबस्याक पर्छ?प्रथम छरिएर बसेका राज्याहरुलाई एउटा शूत्रमा बाँध्ने र बलियो राष्ट्र निर्माण गर्ने।जस्तो दुईसए चालिस बर्ष पहिले पृथ्वीनारायण शाहाले बाईसे चौबिसे राज्याहरुलाई एकिकरण गरेका थिए त्यो अबस्थामा संघ बनाएर पनि एकशुत्रमा बलियो बनाउँन सक्किन्थ्यो।आर्को छुट्टिन खोजेको राज्यालाई एकतामा बाँध्न र तेस्रो उपनिबेश बाट स्वतन्त्र वा मुक्त हुँन खोजेका लाई यो अबस्थामा संघियताको खाँचो पर्छ।तर हाम्रो देशमा संघियता ल्याउँनु पर्ने कुनै त्यस्तो कारणथिएन।देशलाई फिजि बनाउँने र त्यहि फिजि को बाटो सिक्किम बनाउँने योजना अन्तरगत यो आएको थियो।भारतमा १३राज्या बाट अहिले २९राज्या भयकाछन।यद्धापि देश मा अर्ध संघिय शासन प्रणालि छ।तरपनि यँहा निर्वाचनको बेला राज्या बिभाजनका लोलिपाप दिएर चुनाव लड्ने गर्छन यानिकि चुनिवी एजेन्डा बनेकोछ राज्या बिभाजन।
हाम्रो देश भारतको र चीनको बिचमा अबस्थित एउटा आधा सामन्ति र आधा उपनिवेशिक राष्ट् एउटा भुपरेबेष्ठित अबस्थामा रहेको गरिब छ।तरपनि देशलाई आत्म निर्भर गराउँने श्रोत र साधनको कमिछैन। देशमा भयका लोभि नेताहरुले गर्दा देशलाई परनिर्भर बनाएकाछन।यँहाको बिकाशमा कसैको ध्यायन जाँदैन,युवाहरुलाई बिदेश पठाउँने र बिदेशिहरुलाई भित्राउँने योजनामा देशका सरकरार रहन्छन।अहिले उनिहरुको आलोपालो र कमिसनको हिसाब नमिलेपछि आपसको खिचातानिमा ओलि जीले संसदको बिघटन गराएर आफुलाई एउटा तानासाहको जस्तो देखाउँन खोजेकाछन।अप्रजातान्त्रिक गैर सम्बैधानिक तबरबाट संसदलाई बिघटन गरेर देशलाई नयाँ संकटमा ल्याएकाछन।उन्को यो गलतिले देशलाई त ठुलो खतरा छँदैछ स्वायम उनिहरुको लागि पनि यो आत्मघाति प्रमाणित हुँनेछ।ओलि र प्रचण्ड गुटको आपसमा भयको लडाईले गर्दा प्रतिगामि र हैकमवादी शक्तिले फाईदा उठाउँन सक्ने प्रष्टैछ।त्यसकारण अहिलेको हाम्रो शंघर्ष राष्ट्रियताको र गणतन्त्रको हियमा केन्द्रित हुँनुपर्छ।
अहिले संसदको पुनर्वहालि र संघियताको अबिलम्बन खारेज गरेर देशलाई दुर्घटना बाट जोगाउँन हामि सबैको क्रतब्य हो।

चर्चामा

सम्बन्धित समाचार