आइतवार, जेष्ठ २, २०७८

छोरी-लघुकथा

  • बिहिबार, माघ १, २०७७
छोरी-लघुकथा

मागे सक्रातिका लागि अक्सर बिमलाले साना तिन फाटेका कपडाका पुतली हरु बनाएर राखेकि थिई।सँग साथिहरु सँग मिलेर उस्ले माघी मेलामा पुतलि लाई पोल्ने मागे सक्रातिका दिन नजिकै बुढाको पोखरीमा सेलाउँन जान्थि।
सक्राति आउदा न आउँदै बिमलालाई बिहेको कुरा चलिरहेको थियो।बिचारी जुन दिन बाट उस्लाई हेर्न भनेर मुखियाको नाति आयो त्यो दिन देखि उस्का आँखा ओभाना भैनन्।आखिर उस्को उम्मर पनि त बिहेको थिएन नौ बर्ष पुगेर दशमा पाईला टेकेकी बिमला अत्यान्तै लगनसिल केटी थिई।धनपतिका दुईटी छोरी पछि एउटा छोरा जन्मियो,छोरा जन्मिदा दिन भब्य खुसि भयो।अब मलाई कसैले अपुत्रि भन्न पाउँदैन मेरो पनि आजबाट बशं जन्मियो भन्दै खुबै नाचेको थियो।गरिब भयपनि छोरा त नभै नहुँने भन्दै मुखिया सँग रिण लिएर छोराको धुम धाम छैठी गय्रो,उस्तै उस्को न्वारान अनि भात ख्वाईमा पनि सबै नातेदारहरुलाई बोलाएर भोज भतेर गराएको थियो।
अलि छिट्टै उस्ले आफ्नो छोरालाई स्कुलमा भर्ना गराएको थियो।ताकि छोराले राम्रो पढेर ठुलो मान्छे बन्न सकुश।
विमलाले मटिङ्ग्रे लाई बोकेर स्कुल लग्थि अनि ल्याउँन पनि त्यो नै जान्थि।उस्को रेख देख स्यार सुरार पराय जसो बिमलाले नै गर्थि।एकदिन बिमलाले मनैमनमा आफ्नो बाबा सँग आफुले पनि पढ्ने माग राख्छु भनी र जन तन हिम्मत जुटाई।
बाबा म भाईलाई छाड्न स्कुल त जानै पर्छ मैलेपनि त्यँही पढ्छु है!नाम लेखाई दिनुशन! बिहान लिएर जान्छु भाईलाई बेलुका लिएर आउँछु!बिमलाले आफ्नो बा सँग शुन्दर लहेजामा भन्दा,धनपितिले राता आँखा देखाउँदै उ तिर फर्केर जिव्रो टोक्यो।मानौ उस्ले कुनै ठुलो गलति गरी।के भनेकी तँलाई लाज लाग्दैन पढ्ने भन्दा?फुलमतिले उस्लाई हप्काई।आमा के हामिले पढ्नु हुँदैन?बिमलाले फेरी आमा सँग प्रश्न राखि!हुँदैन,छोरी मान्छेले घरको काम तिर ध्यान दिनु पर्छ, दुना टपरि खुट्न सिक्नु पर्छ,घरको चुलो चौको,ढिकि झाँतो र घाँस दाउँरा गर्नु पर्छ छोरीको जात त आर्काको घर जाने जात हो छोरी!भन्दै भाईलाई छाडेर आउँने बेला एक भारी दाउरा लिएर आएस रित्तै न आएस भन्दै फुलमतिले हँशिया र नाम्लो टकारी।बिमला केहि न बोल्दै आफ्नो बाटो लाग्थि।यस्तै गर्दै घाँस दाउँरा,मोल सोत्तर,र बारीमा छेउँकुना खन खोरस गरेर दिन बित्दै जा्ँदा उ अहिले दश बर्षमा पाईला टेके की थिई।तर त्यसपछि उस्ले कसै सँग पनि पढ्ने जिकिर गरिन।आर्की लुरीले सात बर्षमा र छोरो पनि अहिले पाँच बर्षको थियो।घरको काम भाँडा माज्ने देखि घाँस दाउरा पनि बिमलाले नै गर्थिन।आर्कि लुरी पनि डियाँ बाच्छा लिएर ग्वाला जान्थि।
छोरी भयर जन्मिनु त ब्यार्थै पो हुँदो रैछ न त केही सिक्ने मौका मिल्छ,अभागी जात भन्दै मनैमनमा गन-गन गर्थि।बिमला धेरै तेज स्वभाबकी थि।ढुँगामा बस्दा पनि खरीले लेख्थि कहिले चित्र बनाउँथी।उस्मा चित्र बनाउँन सक्ने क्षामाता थियो।जस्लाई एक पटक देख्थि त्यो उस्ले आफ्ना आँखामा उतार्दिन्थी। राम्रो लाग्यो भने उस्ले त्यो चित्रमा हुबहुब उतार्दिन्थी।उसको कला गाउँमा धेरैलाई थाहा थियो तर कसैले उस्लाई प्रोत्वसाहन भने गरेनन्।
सदा झैँ यसपाली पनि पुतलीहरु धेरै बनाएकी थिई तर केहि दिन बाट उ उदाश-उदाश रहन्थि।साथिहरु आज पुतलि लिएर जाँदै थिए बुढा पोखरामा।तर बिमलालाई कत्ति जान मन लागेन।दिदी हिँड जाम !लुरीले जिद्ध गर्न थालि अरु उस्का साथिहरुपनि उस्लाई जाम भन्न थाले।जान्नस सबैले जाम भन्दा एकछिन गएर आयस!दलानमा बसेकी उस्को आमा फुलमतिले भनी।होईन यो अब कतै जान्न!यो अब बालख छैन छिट्टै बिहे हुँनेहो यस्को!धन पतिले फुलमति तिर हेर्दै चर्किन्छ।बिमला भित्र गयर रुन थाल्छे।
न रो नानि हामि आईमाई हरुको यस्तै त होनी कर्मलेनै मारेका हौँ हामि।अब तँ ठुलि भैस खेल्ने दिन छैनन् तेरा आर्का घर जाने जात त होनी तँ।फुलमतिले बिमलाको टाउकामा समसमाउँदै सम्झाउँछे।
आमा मेरो अहिले बिहे नगराउँन बिन्ति!सी.सी.चुप त्यस्तो भन्दैनन्,तेरा बाबाले सुनेभनी मार्दिन्छन।फुलमतिले डराउँन दिन्छ।किन आमा म तपाईहरुको छोरी होईन हजूरको कोख बाट जन्मिएकी होईनर?भन्नुसन!बिमलाले आँसुका ढिका खसाल्छे।फुलमतिको पनि मन त कमलो थियो आखिर आमाले छोरीको बलिन्द्रधारा आसु बगेको देखेपछि फुलमतिको पनि आखाँ रसाए उस्ले आफ्नो अगालोमा बेरी र आफै पनि सेखोर-सेखोर गरेर रुन थालि।
आज पुतलि सेलाउँने चिन्ता भन्दापनि उसलाई बाबाले हप्काएको पिर लागेको थियो।उसलाई केहि दिन पहिले जब मुखियाको नाति माग्न आएको थियो र उस्का बाले एक आखर पनि बिमला सँग नसोधेर ‘हुँन्छ हजूरकै सम्पति हो यो’भन्दा बिमला भित्र भित्र आफ्नो बा प्रति आक्रोशित भयेकी थिई।मुख्याको नाति झण्डै पच्चिस बर्ष नाघेको थियो बिमला भर्खर नौ बर्ष पुगेकी थि।
धनपतिका कुराले उसको मुटुमै चोट पुराएको थियो।एक पटक त चिच्चाएर गर्दैन यो बुढा सँग बिहे भन्न खोजेकी थिई तर उस्को हिम्मत आएन।
छोरीलाई त माल समान जस्तो सम्झेर आर्कालाई तिम्रै सम्पतिहो भन्न कत्तिपनि ढिला गरेनन बाबाले भन्दै बिमला रोई राखेकि थि।फुल मतिले अँगालोमा हालेर टाउको मसमसाई रहेकि थिई मानौ बिमला लाई अन्याय भएको आमालेपनि महेशुर्ष गरेकी थि।तर के गर्न सक्थि उस्लेपनि रुने बाहेक,धनपति अत्यान्तै रिशा मान्छेहो,उस्ले जे भन्यो त्यो पत्थरको लकिर हुँन्थ्यो।मुख्याको त्यो नाति कतै नबिकेको अपाहिज थियो उ राम्रै हिँड्न सक्दैन थ्यो एउटा खुट्टा खोच्याएर हिँड्थ्यो।उ सँग पहिलेपनि एउटी केटीको बिबहा भयको तर त्यो भागेकी थिई।अहिले बिमला लाई त्यो सँग बिहे गर्न थनपति आतुर थियो।आखिर किन आफ्नो छोरीलाई एसरी सारा जिवन रोहाईरहने बा कस्तो हो ?बिमलाले दिनौ यहि सोँचेर कहिले खान पनि खाँदैन थि।धनपतिले छोरो जन्मिदा लिएको रिण तिर्न नसकेपछि उस्लाई छोरी दिने निर्णय गरेको हो।आखिर खान र लगाउँनको कत्ति कमिछैन।आफ्नो छोरीले त्यँहा सुख्ख पाउँछे भनठानेर धनपतिले त्यो अपाहिज बुढा धेरै उमेरको लाई छोरी दिदाँ कत्तिपनि गलति भयको महेशुर्ष गरेको थिएन।तर फुलमतिले भने छोरीलाई जिवन भरीको दुखःहुँने बुझेकी थिई।आमाको मनता हो आखिर छोरीको दुखः कसरी देख्न सक्थि।
नानी तँ आफ्ना साथि सँग जा माघिको मेलामा म तेरा बाबालाई सम्झाम्ला भन्दै बिमलालाई मेलामा पठाई दिन्छे।
अहिले फुलमतिले आफ्नो छोरीको बिबहा त्यो मुख्येको नाति सँग नगर्न धनपति लाई अनुरोध गर्छे तर उस्ले कत्ति मान्दैन।आफुले बचन देई सकेको बताउँछ,र आफुले मटिग्रे जन्मिदा लिएको रिण तिर्न नसकेपछि यो निर्णय गरेको भन्छ।फुलमतिले आफ्ना सबै गहना निकालेर दिन्छे र आफ्नो छोरीको भबिस्य भन्दा प्यारो यि गहना होईनन भन्छे।
तिमिहरु पुरुष भयपछि जे गरेपनि हुँन्छ हामि महिला बस्तु हौँ दाश हौँ ?अब हामिले त्यो मुखियालाई जवाफ दिन्छौ।तर यँहा होईन अदालतमा गयर तिम्रो रिणपनि त्यँहि चुक्ता हुँन्छ।मेरी छोरीको बिहे गर्ने आयुनै होईन बुझ्यौ ?काम गरेर रिण तिर्न नसकि आफ्नो छोरीलाई बेच्ने कस्ता बाउ हौ तिमि!भन्दै आज फुलमति ले आफ्नो अश्लि रुप देखाउँदै थिई।धन पति मलिन हुँदै ति गहनालिएर मुखियाका घर तर्फ लाग्छ।बाबा लाई घरबाट निक्लेको देखेपछि यति बेर लुकेर करेशबाट सुनेकी बिमला खुसि हुँदै आफ्नो आमालाई अँगालो हाल्छे।म्वए खान्छे र बल्ल माघिको मेला तिर फुरुक्कै परेर खुसि खुसी जान्छे।अनि त्यहि मेलामा आफुले बनाएका चित्रहरुलाई बोकेर लग्छे।उस्ले बनाएका चित्रहरु प्रख्यात हुँन्छन।र मेला बाट फर्केर जाँदा आमालाई केहि बेर पहिले उतारेर बाबाको हाथमा थमाएका गहनाहरु जस्तै अरु गहना किनेर आमाको हातमा थमाउँदै आफ्नो पहिलो कमाई भन्छे।उस्को चित्र महेङो बिक्रि भयको थियो।
(कथा काल्पनिक हो यसका पात्रका नामहरु काल्पनिक हुँन कसैको नीजि जिबन सँग मिल्न गयमा मात्र सञ्जोग हुँनेछ)

चर्चामा

सम्बन्धित समाचार