शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • आगोले जलेर महिला घाइते

आगोले जलेर महिला घाइते

  • बिहिबार, माघ १, २०७७
आगोले जलेर महिला घाइते

कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छिन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया महिला कौशा चन्द कपडाबाट आगो सल्किँदा घाइते भएकी प्रहरीले बताएको छ।

उनको अवस्था सामान्य रहेको र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार उनी बिहान सवा नौ बजेतिरको समयमा घरको बरण्डामा आगो तापिरहेकी थिइन्।

चर्चामा

सम्बन्धित समाचार