शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित

लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित

  • मङ्लबार, पुस २८, २०७७
लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित

यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएको जनाएको छ । सोमबार एक सूचना जारी कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अर्थात् आजदेखि नै अनिश्चितकालका लागि चालक अनुमतीपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको हो ।

इसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ’ कार्यालद्धारा जारी सूचनामा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार