शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ

  • सोमवार, पुस २७, २०७७
ब्राउन सुगरसहित दुईजना पक्राउ

दैलेखबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१० कालिकानगरकी २७ वर्षीया सिर्जना गुरुङ र बाँकेकै बैजनाथ गाँउपालिका-१ गाभरका २१ वर्षीय विशाल रोकाय रहेका छन् ।

दैलेखको गुराँस गाँउपालिका-२ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडकखण्डबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा हिँडिरहेको वेला उनीहरुको खानतलासी गर्दा गुरुङको साथबाट ४० पोका लागूऔषध ब्राउन सुगर र रोकायाको साथबाट ३४ हजार नगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनालाई दैलेख जिल्ला अदालतबाट लागूऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमति लिएर आवश्यक अनसुन्धान भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार