शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी हुने कार्यकर्ता बोक्न पुगेका बस रित्तै फर्किए

प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी हुने कार्यकर्ता बोक्न पुगेका बस रित्तै फर्किए

  • शुक्रबार, पुस २४, २०७७
प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी हुने कार्यकर्ता बोक्न पुगेका बस रित्तै फर्किए

प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढीमा नेकपाका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसका लागि उनी धनगढी पुगिसकेका छन्।

तर उनको कार्यक्रमा सहभागी हुने कार्यकर्ता बोक्न कैलारी गाउँपालिका–१ हसुलिया पुगेका बस भने रित्तै फर्किएका छन्। जनसभाको लागि नेता कार्यकर्ता लिन हसुलिया पुगेका ४ बस रित्तै फिर्ता भएको स्थानीयले बताएका छन्।

नेकपा सुदूरपश्चिमले जनसभामा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको थियो। प्रतिनिधि सभाको विघटनपछि धनगढी पुगेका ओलीले धनगढीको खुलामञ्चबाट केहीबेरमा सम्बोधन गर्नेछन्। #दिनेश खवर 

चर्चामा

सम्बन्धित समाचार