बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बजार
  • बैंकको काउन्टर शनिबार पनि खुला हुने

बैंकको काउन्टर शनिबार पनि खुला हुने

  • शुक्रबार, पुस २४, २०७७
बैंकको काउन्टर शनिबार पनि खुला हुने

काठमाडौं — बैंक तथा वित्तीय संस्थाको काउन्टर शनिवार पनि खुला हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीयलाई कर संकलन प्रयोजनका लागि शनिबार पनि राजश्व संकलन गर्ने काउन्टर खुला राख्ने व्यवस्था गर्न निर्देशन दिएसँगै त्यस्ता काउन्टरहरु खुल्ने भएका हुन् ।

दोस्रो त्रैमास सकिनै लाग्दा व्यवसायिक संस्थाहरुले पुस मसान्तमा यो अवधिको अनुमानित आयमा आधारित आयकर बुझाउँछन् । यसका लागि प्रत्येक त्रैमासको अन्तिम शनिबार आन्तरिक राजश्व विभागले आफू मातहतका सबै कार्यालय खुला राख्दै आएको छ । यसैलाई सहयोग गर्न राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार